अन्तरवार्ता दिदादिदैँ कलाकार सुशिल पोखरेलले किन धम्काए मन्त्रीलाई ? हेर्नुहोस् (भिडियो सहित)



ताजा खबर काठमाण्डौं । ‘भिलेन’का रुपमा नेपाली फिल्ममा खुब रुचाइएको अभिनेता सुशिल पोखरेलले नेगेटिभ रोल गर्ने आफ्नो खास चाहना नभएको खुलाएका छन् ।

रंगखबर जम्काभेटमा कुराकानी गर्दै उनले भनेका छन्, ‘
नेगेटिभ खालकै भुमिका गर्छु भन्ने मेरो सोच त थिएन । तर, त्यसमै रुचाइयो भनेर त्यस्तैमा गराइयो । यो मेरो खास रुची भने होइन् ।’ फिल्ममा नकरात्मक भुमिका गरेकै कारण कतिपय दर्शकले वास्तवमा पनि आफुलाई देखेर डराउने गरेको समेत उनले बताए ।

एउटा डायलग भनिदिन आग्रह गर्दा उनले अन्तरवार्ताकै क्रममा आफ्नो भिलेन रुप देखाइदिए । एकछिन मौन बसे । त्यसपछि हातमा बोकिरहेको मोबाइल कानतिर ल्याए । त्यो दृश्य देखेर इन्टरभिवर नै छक्क परे । त्यसपछिे ‘हे मन्त्री मैले तलाईं पाँच करोड खर्च गरेर मन्त्रीको कुर्सिमा बसाल्न सकेभने १० करोड खर्च गरेर तलाईं कुर्सिबाट फाल्न पनि सक्छु’ भन्दै उनले अभिनय गरे ।

कसरी गरे ? हेर्नुस् भिडियो

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्