नेकपाकी सांसद शान्ता चौधरीको गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खस्यो

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलवार १०:४९


काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीको गाडी दुर्घटना भएको छ । नेकपाकी सचेतक समेत रहनु भएकी चौधरीलाई दाङको घोराही छोडेर लमही तर्फ फर्किदैँ गर्दा बा २ झ २८७१ नम्बरको स्कारपियो दुर्घटनामा परको हो । गुडीरहेको गाडी अगाडी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी खोलामा पुगेको हो ।

सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गर्दा स्कारपियो गाडी लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको हो । सो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ । गाडी दुर्घटना भए पनि गाडीमा चौधरी थिइनन् । गाडी चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्