प्रधानमन्त्री ओली हाल भेन्टिलेटरमा, यस्तो छ उनको अवस्था



काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रियापछि इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । सोमबार रातिदेखि पेट दुखेपछि मंगलबार बिहानै मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उनलाई एपेन्टिसाइट भएका कारण शल्यकृया गरिएको छ । उनको शल्यकृया सफल भएको चिकित्सकले जनाएको छ । ओलीको मंगबार मध्याहन्न एपेन्टिसाइटिसको शल्यक्रिया गरिएको असेन्टरले जनाएको छ ।

शल्यकृया पछि उनलाई सहज बनाउन भेन्टिलेटर राखेको अस्पताल स्रोतले बताएको यद्यपि सेन्टरद्धारा जारी विज्ञप्तिमा भने सो उल्लेख छैन । ओलीलाई निरन्तर निगरानीमा भने राखिएको र आवश्यक सम्पूर्ण व्यवस्था पनि रहेको जनाइएको छ । विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिइएको छ । अन्य स्वास्थ्य समस्या पनि भएकाले उपाचारमा कति दिन लाग्ने भन्ने यकिन नभएको बताइएको छ । एपेन्डिसाइटकै शल्यक्रियामा भने ३ दिन पछि डिस्चार्ज गर्न सकिने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उहाँका उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनको आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न गरिएको थियो । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारे जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको ‘ल्यापारोटोमी एण्ड एपिन्डिकटोमी’ लगायत विधिबाट उपचार गरिएको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आज बिहान सो सेन्टरमा गएका थिए । विज्ञ टोलीले उहाँको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेटको सङ्क्रमण देखिएको थियो । उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतका टोली संलग्न छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्