भारतले अतिक्रमण गरेको नेपाली भूमीमा मेचीका युवाले फहराए राष्ट्रिय झण्डा



झापा, १० मंसिर । झापाका स्थानीय युवाले मेचीको अतिक्रमित सीमामा पुगरे राष्ट्रिय झण्डा फहराएका छन् । सोमबार दिउँसो दमक, गोलधापलगायत स्थानबाट गएको टोलीले झण्डा फहराएको स्थानीय सामाजिक अभियन्ता तथा राप्रपा युवा नेता छवि बास्कोटाले जनाए ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरिएपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ । सरकारले भने सीमा विवादलाई कुटनीतिक रुपमा समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दै कुटनीतिक पत्र पठाएको जनाएको छ ।

बल्ल खानेपानी आयो, अव घरवास चलाउन सहज हुन्छ’

जिल्लाको भीमाद नगरपालिका–९ पाथर्दीमा श्रीमाया आलेले घरवास सञ्चालन गरेी छन् । घरवासमा बस्न पाहुना आउँदा आलेलाई एकमात्र चिन्ता हुन्थ्यो, त्यो हो पानीको ।

आलेको घरमा खानेपानी धारा थिएन । आलेको घरमा मात्र होइन पाथर्दीका ५३ घरधुरीमा नै अहिलेसम्म खानेपानी धारा जडान भएको थिएन । “पाहुनालाई नुहाउन, मुख धुन पानीको जोहो कसरी गर्ने भन्ने चिन्ताले सधैँ सताइरहन्थ्यो,” आलेले भनिन् “तैपनि सार्वजनिक धारा र कुवाबाट पानी बोकेर ल्याएर भए पनि अहिलेसम्म पानीको व्यवस्था गरिरहेको थिएँ ।” सोमबारबाट भने घरमै खानेपानी धारा जडान भएपछि आलेलाई पानीको जोहो गर्ने समस्याबाट मुक्ति मिलेको छ । साथसाथै घरवास चलाउन पनि अव सहज हुने अनुभूति आलेले गरिन् ।

घरवास सञ्चालक केशकुमारी थापाले घरमा धारा जडान नहुँदा आधा घण्टा दूरी हिँडेर सार्वजनिक धारा र कुवाबाट पानीको जोहो गर्दै आएकी थिइन् । अव खानेपानी व्यवस्थाका लागि थापालाई अन्यत्र जानुपर्दैन, घरमै धारा खोलेपछि पानी आउँछ । “आधा घण्टाको दूरीमा रहेको सार्वजनिक धारामा पुगेर पानी ल्याउँथ्यौं,” थापाले भनिन्, “घरमै धारा आएपछि खानेपानीको समस्याबाट मुक्ति पायांै ।”

श्रीमाया र केशकुमारी जस्तै पाथर्दीका ५३ घरधुरीमा घरघरमै धारा जडान भएपछि यहाँका स्थानीयवासीे वर्षौदेखिको खानेपानी समस्याबाटमुक्ति पाएका छन् । ५३ घरधुरीमध्ये यहाँको १० घरधुरीमा गत वर्षदेखि घरवास सञ्चालन गरिएको छ । घर–घरमै खानेपानी धारा जडान भएपछि घरवास सञ्चालकले अव आफूहरुलाई घरवास चलाउन सहज भएको भन्दै खुशी व्यक्त गरे ।

पाथर्दीका शिवकुमार आले, इमानसिं थापा, मोहन राना, शिवबहादुर राना, श्रीराम आले, मोतीसरा थापा, देवी मोक्तान आले र लालबहादुर रानाले घरवास सञ्चालन गरिरहो छन् । खानेपानीको अभावले घरवास सञ्चालनमा कठिनाई परिरहेपनि खानेपानी सुविधा पुगेसँगै अव घरवास चलाउन सहज हुने विश्वास गरिएको पाथर्दी सामुदायिक घरवास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिए ।

आलेका अनुसार स्थानीयवासीले सार्वजनिक धाराबाट खानेपानी बोकेर ल्याउनुपर्दथ्यो । “सार्वजनिक धारामा पनि नियमित पानी आउँदैनथ्यो, त्यस्तो बेला कुवाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो,” आलेले भने, “घरवास चलाउन पानीको अभाव हुन्थ्यो, अव घरमै पानी पुगेपछि यस समस्याबाट मुक्ति पाएका छौ ।”

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा छनोट भएको पाथर्दीमा गण्डकी प्रदेश सरकारको सहयोगमा गहतेखोला पाथर्दीखोला खानेपानी आयोजना सम्पन्न भएपछि यसबाट ५३ घरधुुरीका २७० जना लाभान्वित भएका छन् । प्रदेश सरकारको रु ३६ लाख ६३ हजार ४८१ र स्थानीय उपभोक्ताको रु १० लाख २० हजार ४१३ गरी कूल रु ४६ लाख ८३ हजार ८४९ को लागतमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्