मलेसियामा मेसिनले च्यापेर एक नेपालीले गुमाए हात



मलेसिया । वैदेशिक रोजगारीका लागि मलेसियाका एक नेपालीको मेसिनमा काम गर्ने क्रममा च्यापीएर हात गुमेको छ । सोमबार बारा कलैयाका दिपक शाह तेलीको हात गुमेको हो । कम्पनीमा काम गर्ने क्रममा मेसिनले उनको हात च्यापेको हो । मलेसियाको वाइ एच आई म्यनिफ्याक्चरीङ कम्पनीमा कार्यरत उनको काम गर्दा दाहिँने हात मेसिनमा परेर च्यापिएको छ ।

उनी विगत साढे ३ वर्षदेखि वाइ एच आई म्यनिफ्याक्चरीङ कम्पनीमा कार्यरत रहेका थिए । मेसिनमा हात चेपिएर घाईते भएका दिपकलाई दुई घण्टा पछि त्यहाँ स्थित मलका अस्पतालमा उपचारका लागि पुर्याइएको थियो ।

कामविहीन डिभिजन कार्यालय

गण्डकी प्रदेश सरकारले बागलुङमा स्थापना गरेको सडक डिभिजन कार्यालय कामविहीन अवस्थामा छ । छ जिल्ला हेर्ने गरी स्थापना भएको कार्यालयले नौ महिनाको अन्तरालमा चारवटा योजनाको मात्रै कार्य सम्पादन गरेको छ ।

साविकको सडक डिभिजन कार्यालय पोखराले सञ्चालन गर्दै आएका तीनवटा योजनाको बाहेक अहिले डिभिजनमा कुनै पनि काम छैन । स्याङ्जाको अर्जुन चौपारी–छाप–सल्यान सडक, र कास्कीको फुस्रेखोला–मट्टिखानी–देउराली तथा बेगनास ताल–आनन्दज्योति–माझठाना सडकको मात्रै काम चलिरहेको छ । तीनै सडकको अनुगमन, सुपरिवेक्षण र भुक्तानीलगायतका काम बागलुङमा रहेको डिभिजनबाट हुँदै आएको छ ।

झण्डै रु ५० करोड लागतमा स्तरोन्नति र कालोपत्रेको काम चलिरहेका सडक डिभिजनमा हस्तान्तरण भएर आएका हुन् । यसअघि स्याङ्जाको एक सडक काम सकिएर हस्तान्तरण भएकोबाहेक प्रदेशअन्तर्गतका कुनै पनि सडकको काम डिभिजनले पाएको छैन । काम चलिरहेका सडकमा समेत बागलुङबाट स्याङ्जा र कास्की पुगेर निर्माण कम्पनीको खोजी र कामबारे अनुगमन भइरहेको कार्यालयले जनाएको छ ।

“कार्यालय बागलुङमा स्थापना भएको छ तर बागलुङमै प्रदेश सरकारले सञ्चालन गरेका सडकका योजनाको जिम्मेबारी हामीलाई छैन”, प्रदेश मातहतको कार्यालयको समेत प्रमुखको जिम्मेवारी सम्हालिरहेका कार्यालय प्रमुख रामेश्वर लम्सालले भने, “काम दिनुस्भन्दा पनि काम पाइएको छैन ।” कार्यालयले अहिले काम गरिरहेका सडक स्वभावित प्रादेशिक सडक हुन् ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले बागलुङमा सञ्चालन गरिरहेका सबै सडकका योजनाको काम पर्वतमा रहेको पूर्वाधार कार्यालयले हेर्दै आएको छ । “पर्वत र अरु कार्यक्षेत्रको उसैले हेरोस् बागलुङका मात्रै जिम्मा देउभन्दा पनि काम पाइएन”, प्रमुख लम्सालले भने । २०७५ सालको चैतमा स्थापना भएको कार्यालयमा कर्मचारीको दरबन्दी पनि राम्रै छ । प्राविधिक र प्रशासनिकसहितका ३७ कर्मचारीको दरबन्दी रहेको कार्यालयमा अहिले पनि १० कर्मचारीले काम गर्छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्