गल्फमा नेपाललाई दुई स्वर्ण

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार १५:०४


काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालले ऐतिहासिक स्वर्ण जितेको छ। शुक्रबार नेपालले एकल र टिम गल्फमा दुई स्वर्ण पदक हात पार्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो।

गोकर्ण गल्फ कोर्समा शुक्रबार नेपाललाई सुवास तामाङले टिम इभेन्ट्स र व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जिताएका हुन् । सुवासले १४ अन्डर २७४ खेल्दै स्वर्ण जितेका हुन्। गल्फको टिममा भने सुवास, टंकबहादुर कार्की, निरज तामाङ शुक्र्रबहादुर राईले स्वर्ण जितेका हुन्।

गल्फको पुरुषतर्फ टिम स्पर्धामा नेपाल, बंगलादेश र श्रीलंकाले भाग लिएको छ। एकलमा भने भुटानले एकजना खेलाडी मात्र सहभागी गराएको छ। त्यसैगरी महिला तर्फ नेपालले टिमतर्फ कास्य जितेको छ। साग गल्फमा चार स्वर्ण, चार रजत र चार नै कांस्यका लागि प्रतिस्पर्धा भएको छ। आयोजकको हिसाबले नेपालले सागमा गल्फ खेल राखेको हो।

कृषिमा सरकारी रकम दुरुपयोग

गुल्मीमा एक आयोजनाको काम सम्पन्न नभईकनै भुक्तानी गरिएको पाइएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–५ स्थित ढुङ्गेदेउराली वागवानी उपभोक्ता समूहलाई पूरा काम नै नगरी भुक्तानी गरेको पाइएको हो ।

ढुङ्गेधारामा कागती खेतीका लागि आव २०७५÷७६ मा ५ नं प्रदेशको भूमि, व्यवस्था तथा कृषि मन्त्रालयद्वारा कागती खेतीका लागि रु १३ लाख ३२ हजार ६५० र गाउँपालिकाबाट रु दुई लाख ३४ हजार ७७६ गरी कुल रु १५ लाख ५६ हजार ४२६ विनियोजन भएको थियो । त्यसरी विनियोजन गरिएको बजेटको २०७६ असार मसान्तभित्र सबै काम सकिसक्नुपर्ने हो । तर मन्त्रालय र गाउँपालिकाले आयोजनाको कामको अनुगमन र मूल्याङ्कनसमेत नगरी नक्कली कागजपत्र बनाएर काम पूरा नभएको योजनाको भुक्तानी दिएको प्रमाणित भएको छ ।

उक्त आयोजनाको आर्थिक वर्ष सकिएको पाँच महिना सकिसक्दा पनि सम्झौताअनुसारको काम भने हुन सकेको छैन । अहिले कागती खेतीका लागि भन्दै ढुङ्गेधाराको खाली जमीनमा खाल्डा पारिएको छ । शुरुको चरणमा २५० कागतीका बिरुवा रोपे पनि अहिले केही मात्र जीवित छन् । बिरुवाका लागि अपनाउनुपर्ने कुनै पनि संरक्षणको उपाय नअपनाउँदा रोपेका बिरुवासमेत मर्न थालेका छन् भने कतिपय बिरुवा गाईवस्तुले खाएका छन् । अहिले जीवित र मरेका बिरुवाका सङ्ख्याबारे उपभोक्ता समिति पनि अनभिज्ञ छ ।

वागवानी समितिका सचिव चुराबहादुर कुँवरले आयोजनामा आएको बजेटको स्रोत नै आफूलाई थाहा नभएको बताए । “गाउँपालिका र प्रदेश सरकारले रु १५ लाख दिएको हो भन्ने सुनिन्छ, वास्तविकता कसैले भन्दैनन्”, उनले भने, “सबै काम समितिका अध्यक्षले गर्नुहुन्छ, हामीलाई पत्तै हुँदैन ।”
उपभोक्ता समितिका अध्यक्ष विष्णु पौडेलले प्रदेश र गाउँपालिकाबाट विनियोजित रकम सबै भुक्तानी लिएको बताए । थोरै काम बाँकी भए पनि धेरै काम पूर्ण गरिएको उहाँले बताउनुभयो । अहिले पनि समितिको खातामा रु एक लाखभन्दा बढी रकम बचत रहेको र आफूले समितिका सबै पदाधिकारीसँग समन्वय गरेर काम गरेको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले काम सम्पन्न भएपछि नै भुक्तानी हुनुपर्ने बताए । उपभोक्ता समिति गठन भइसकेपछि त्यसले गरेको काम अनुगमन समिति र मूल्याङ्कन समितिले निरीक्षण गरिसकेपछि मात्र भुक्तानी हुनुपर्नेमा आफू सहमत रहेको उनले प्रतिक्रिया दिए । वागवानीमा भएको अनियमितताबारे पनि आफ्नो ध्यानाकर्षण भएको उनको भनाइ छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex