विवाह पछि सिन्दुर र रातो पहिरनमा यस्ती देखिइन् ऋचा शर्मा

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार १३:४७


काठमाडौं, २५ मंसिर । गत शनिवार विावह बन्धनमा बाँधिएकी अभिनेत्री ऋचा शर्माले आफ्नो विवाहको तस्बिर सार्वजनिक गरेकी छन् । दुई वर्षको प्रेम सम्बन्ध पछि उनले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी हुन् । सिमित सिने कलाकार र आफन्तबीच उनको विवाह सम्पन्न भएको छ । लामो समय फिल्म क्षेत्रमा सक्रिय रहेकी ऋचा लबिम मलका म्यानेजर दिपेक्षसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन्।

 

उनीहरुले सिमित चलचित्रकर्मी र परिवार जमघटकाबीच विवाह गरेका हुन्। विवाह अघि पनि ऋचाले केही सिमित साथीहरुसंग पोखरामा ब्याचर पार्टी गरेकी थिइन् । उनको ब्याचलर पार्टीमा केकी अधिकारी, प्रियंका कार्की लगायतका नायिका पुगेका थिए । विवाहमा पनि थोरै चलचित्रका कलाकारहरु मात्र सहभागी थिए । विवाहमा रिमा विश्वकर्मा, केकी, रेखा थापा लगायत सहभागी भएका थिए ।

विवाह गरेसँगै ऋचाले सामाजिक सञ्जाल फेसबुकमा विवाहका तस्विरहरु सार्वजनिक गरिरहेकी छिन्। हालै ऋचाले शेयर गरेको तस्विरमा उनी रातो पहिरन र सिन्दूरमा सजिएकी देखिएकी छिन्। २१ गते विवाह बन्धनमा बाँधिएका यी जोडीले २६ गते बिहिवार ठमेलस्थित अलफ्ट होटलमा चलचित्रकर्मी, आफन्त तथा मिडियाकर्मीहरुको लागि ुरिसेप्सन पार्टीु आयोजना गर्दै छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्