सुरु भयो नेकपाको स्थायी समिति बैठक, सिमा विवादका विषय पनि छलफल हुँदै

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार १३:४६


काठमाडौं, २९ मंसिर । अघिल्लो वर्ष मंसिर २९ गते नै भएको नेकपा स्थायी समिति बैठक एक वर्षपछि आज बसेको छ । आइतवार अपरान्ह देखि बैठक सुरु भएको हो । विधानमा प्रत्येक तीन महिनामा बैठक बस्ने उल्लेख भएपनि एक वर्ष यता बैठक बस्न सकेको थिएन । स्थायी समिति बैठकका लागि एजेण्डा तय गर्न यसअघि नेकपा सचिवालय बैठक बसेको थियो। बैठकले स्थायी समिति बैठकका लागि पाँचवटा कार्यसूची तय गरेको छ।

सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले स्थायी समितिका लागि एजेन्डाहरु तय गरेको बताएका हुन्। उनका अनुसार, बैठकको कार्यसूचीको पहिलो नम्बरमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन रहेको छ। त्यो प्रतिवेदनका बारेमा दुवै अध्यक्षले परामर्श गरेर प्रस्तुत गर्न लागिएको उनले जानकारी दिए।

त्यस्तै, बैठकको दोस्रो कार्यसूचीमा विधान संशोधनको विषय छ। नेता बामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने गरी नेकपाले विधान संसोधनको प्रस्ताव वैठकमा लैजान लागेको छ ।

तेस्रो नम्बरमा नेपाल भारत सीमा समस्यालाई राखिएको छ। नोभेम्बर २ मा भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ। सत्तारुढ दल नेकपाले स्थायी समितिमै त्यसबारे छलफल गर्न लागेको हो। त्यस्तै, केन्द्रीय कमिटीको अर्को बैठक पनि कार्यसूचीमा छ। नेकपा गठन भएको केही दिनमै बसेको पार्टी केन्द्रीय समितिको बैठक फेरि बस्न सकेको छैन।

बजार पाउँदै बागलुङको किबी

अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ ।
बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायतका स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्तरुपमा उत्पादन हुने किबी महङ्गो फलमध्येको पर्दछ ।

निसिखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्तीले पाँच वर्ष पहिले व्यावसायिक रुपमा गरेको किबीखेतीले अहिले उत्पादन दिन थालेपछि बजार पठाउन भ्याइनभ्याइ छ । घर्तीले यही याममा मात्र रु तीन लाख बराबरको किबी बजारमा बिक्री गरिसकेको बताए ।

‘‘उत्पादन भए बजारीकरणको समस्या छैन,’ राष्ट्रिय किसान समूह महासङ्घका जिल्ला अध्यक्षसमेत रहनुभएका घर्तीले भने, “बुटवल र पोखरा मात्रै ८०० केजी किबी पठाए ।” उनले अहिले पनि गाउँघरमा पाकेको किबी बिक्री वितरण गरिरहेको बताए ।

घर्तीको बारीमा अहिले १२ रोपनी क्षेत्रफलमा नयाँ तथा पुरानो गरी ९६ वटा किबीका बिरुवा छन् । एक बिरुवाबाट ७० केजीदेखि १२० केजीसम्म किबी उत्पादन हुने घर्तीको भनाइ छ । ‘‘अहिले चार रोपनी क्षेफलमा किबीखेती विस्तारमा लागिरहेको छु’’ उनले भने । एकै बिरुवाले उत्पादन धेरै दिने भएका कारण बलियो थाँक्रो आवश्यक पर्ने खत्रीको अनुभव छ ।

उत्पादन गर्न सके बजारको समस्या नभएको घर्तीको भनाइ छ । व्यावसायिक खेतीसँगै उत्पादन र बजारीकरणमा आफूले पनि विभिन्न ठाउँको बजार सम्भाव्यता अध्ययन गर्ने र समन्वय गर्ने हो भने किसान मर्कामा पर्नसक्ने जोखिम निकै कम भएको उनको अनुभव छ ।

घर्तीले व्यावसायिक रुपमा केरा र ओखरखेती थालेका छन् । किबीलाई बुटवल र पोखरामा प्रतिकेजी रु ५०० मा बिक्री गरेको उनले बताए । घरबाट भने रु ४५० मा बिक्री गरेको घर्तीको भनाइ छ । अझै एक लाख बराबरको किबी बिक्रीका लागि तयारी भइरहेको उनको भनाइ छ । किबीखेती विस्तारका लागि रु १८ लाख लगानी गरिसकेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex