ब म का ण्डका पीडित भेट्न गएका मुख्यमन्त्री राउत बोल्नै सकेनन्, महिलाहरु धरधरी रोए (फोटो फिचर)

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार १४:२२


काठमाडौं, २९ मंसिर । ब म वि स्फोटमा दुई जना परिवारका सदस्य गुमाएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगर स्थित घरमा मुख्यमन्त्री लालबाबु राउत पुगेका छन् । उनी पीडित परिवारलाई सान्त्वना दिन आइतवार विहान पुगेका थिए । उनी पुग्दा घरमा रहेका महिला र बालबालिका डाँ को छोढर रो एका थिए । विहानको उज्यालो कल्पना गर्दै सुतेका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश साहको परिवारको परिवार मध्यरातमै उजाडीयो । ब म वि स्फोटनमा परी एकै परिवारका दुईजनाको ज्यान जानुका साथै तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको घरमा जानेहरु पनि निकै भावुक भएर फर्कन्छन् ।

शुक्रबार मध्य रातमा भएको बि ष्फोट मा परी ४५ वर्षीय राजेश साह, उनका १५ बर्षीय छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अमीर दाहालको ज्यान गएको छ । घाईते अन्यको उपचार भइरहेको छ । बिष्फोटनमा परी मृ तक राजेशका कान्छा छोरा १४ वर्षीय प्रकाश, १९ वर्षीया छोरी अञ्जली, ७० वर्षीय पिता भिखारी साह र प्रहरी जवान रिझनाथ महतोको उपचार जारी छ ।

आइतबार मृ तक राजेशको घरमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोली पुग्दा महिलाहरु डाँ को छो डेर रोइ रहेका थिए । त्यहाँ कसैले कसैलाई सम्झाउने र फकाउने अवस्था थिएन । मुख्यमन्त्रीलाई देख्ना साथ उनीहरुले झन मन सम्हाल्न सकेनन् । उनीहरुको अवस्था देखेर मुख्यमन्त्री राउत पनि वि क्षिप्त बने । साहका घरका व्यक्तिहरुको अवस्था देखेपछि मुख्यमन्त्रीहरु त्यहाँ केही बोल्नै सकेनन् ।

ब म बि ष्फो टमा परी ज्यान गुमाउने र घाइते भएका परिवारलाई भेट्न गएका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिवद्वता जनाएका छन् । उनले क्षतिपूर्तीको सम्बन्धमा मन्त्रिपरिषदको बैठक बसेर निर्णय गरिने प्रतिवद्धता जनाएका छन् । टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्य न्यायाधिबक्ता दिपेन्द्र झा, प्रदेशसभा सदस्य सिघासन कलबारसहितको सहभागिता रहेको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex