हतार हतार गरेर हिंडेका मोदी जव सिँढी चढ्दाचढ्दै जब लडे, भिडियो भयो भाइरल

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार १९:२९


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अत्यन्तै व्यस्त हुने गर्छन् । दैनिकजसो सार्वजनिक कार्यक्रममा व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार पनि भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुँदै थिए । कानपुर यात्राका क्रममा उनी आफ्नो सुरक्षा फोर्सको घेरामा हिँडिरहेका थिए ।

हतारमा सिँढी उक्लिरहेका मोदी एक्कासी लड्न पुगे । प्रधानमन्त्री मोदी लडेलगत्तै सुरक्षाकर्मीहरुले उठाएको दृष्यसहितको भिडियो अहिले भाइरल भैरहेको छ ।
भिडिओमा मोदी सिँढी हतार हतारले चढेको देखिन्छ। चढेको केही पाइलामै उनी लड्न पुग्छन्। उक्त भिडिओ डिडी टेलिभिजन च्यानलबाट शनिबार दिउँसो साढे तीन बजे लाइभ गरेको थियो।

उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले हत्तपत्त उठाउछन् । उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्