कमलाको बुवाले ‘जाबो ५० हजार’ भनेर अपमान गरेपछि आर्थिक सहयोग गर्ने प्रतिवद्धता गरेकी एलिजा गौतम भावुक भइन्, अब सहयोग रोक्छु (भिडियो हेर्नुस्)

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार २०:४४


काठमाडौं । कमला घिमिरेलाई सहयोग नगर्ने भन्दै एलिजा गौतम मिडियामा आएकी छिन्। केहि समय अगाडी उनले कमलालाई उनको भविष्य निर्माणमा सहयोग पुर्याउन भन्दै बार्षिक रुपमा ४० हजार रुपैया सहयोग दिने अठोट सहित पहिलो चरणको सहयोग हस्तान्तरण समेत गरीसकेकी थिइन् ।

आफ्नो छोरीको उपचारका लागि क्यानडा पुगेकी एलिजाले क्यानेडावाटै कमलाको लागि सहयोग रकम पठाएकी थिइन् । तर कमलाको अभिभावकले नै उनी जस्ता सहयोगीले गरेको आर्थिक सहयोगको अपमान गरेको भन्दै उनी भावुक भएकी छन् । उनले आफ्नो आर्थिक सहयोगको कुनै अर्थ नरहेको बताएकी छन् । आफुले गरेको सहयोग रकमलाई कमलाको बुवाले अपमान गर्दै जाबो ४० ५० हजार त मेरो छोरीले एक दिनको स्टेज कार्यक्रममै कमाउछे भनेर जवाफ लगाए पछि एलिजा भावुक भएकी छन् ।

एलिजाले अब कमलाको परिवारलाई सहयोग गर्न सोच्नु पर्ने बताएकी छिन। एक कुराकानीमा उनले भनिन ‘कमला यो बेला पढ्ने समय हो तर कमलाको परिक्षा समेत छुट्टाएर स्टेज चढाउने र हाम्रो सहयोगलाई लत्याउने काम गरेको देख्दा मलाई नराम्रो लागेको छ । कमलाले आफ्नो क्षमता पनि देखाउनुपर्छ तर भविष्य उज्जवल बनाउने शिक्षालाई नै लत्याएर होइन उनले भनिन्, गीत संगीतलाई पनि निरन्तरता दिने र अध्ययनलाई पनि निरन्तरता दिनुपर्छ । निर्मलाले यो पटक परिक्षा पनि नदिएको जानकारी आफुले पाएको उनले बताइन् ।

टेलिभिजन कार्यक्रम इन्द्रणीको छायाँकन गर्दा कमलाको परिक्षा चलिरहेको र कार्यक्रमका लागि कमलाको परिक्षा छुटेको उनको भनाई छ । कमलाको शिक्षाका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएकी एलिजा अब आर्थिक सहयोग गर्ने की नगर्ने भन्ने अन्यौलमा परेको बताइन् । कमलाको भविष्यको आफुलाई धेरै चिन्ता लागेको बताउने एलिजाले उनको अभिभावकले गरेको ब्यवहारले भने चित्त दुखेको बताइन् । अहिले आफुले फोन गर्दा कमलाको बुवाले फोन नै उठाउन छोडेको बताइन् । मेरो मात्र होइन कमलाको बुवाले कसैको फोन पनि उठाउनुहुन्न उनले भनिन् । कलमलाको भविष्यको बारेमा चिन्ता जनाउदै एलिजाले कमललाई अब पढ्न ध्यान दिनु पर्ने नत्र आफु सहयोग नगर्ने जानकारी दिएकी हुन्।

केहि समय अगाडी उनले बार्षिक रुपमा ४० हजार दिने अठोट सहित पहिलो चरणको सहयोग हस्तान्तरण गरेकी थिइन।उनि क्यानाडा हुदै सहयोग गरेकी हुन् तर उनको सहयोगको कुनै अर्थ नरहेको भन्दै एलिजा गौतम भाबुक भएकी छिन।

एलिजाले अब कमलाको परिवारलाई सहयोग गर्न सोच्नु पर्ने बताएकी छिन।एक कुराकानीमा उनले भनिन ‘कमला यो बेला पढ्ने समय हो तर कमलाको परिक्षा समेत छुट्टाएर स्टेज चढाउने र हाम्रो सहयोगलाई लत्याउने काम गरेको देख्दा आफुलाई अचम्मित लागेको छ,अब उनीहरुलाई सहयोग कसरी गरौ रु कमलालाई यस्तै सस्कार सिकायो भने भोलि के होला रु’एलिजा ले चिन्ता जनाउदै कमललाई अब पढ्न ध्यान दिनु पर्ने नत्र आफु सहयोग नगर्ने जानकारी दिएकी हुन्

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्