कस्तूरी पाल्नुस्, बिना बेच्नुस् !

प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार ११:४६


दोलखा-बिना बेच्नका लागि अब कस्तूरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेका बेला अब जंगली जनावरी कस्तूरीलाई नै पालेर त्यसबाट फाइदा लिन सकिन्छ । कस्तूरी पाल्नका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आह्वान गरेको छ । आफ्नो संरक्षण क्षेत्रभित्र कस्तूरी पाल्न चाहनेहरूकस्तूरी नै उपलब्ध गराउने भएको छ । कस्तूरी पाल्न चाहनेहरूका लागि अब आफ्नै क्षेत्र भित्र पाल्न दिने संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले बताए ।

जंगली जनावर पालेरै त्यसबाटै राम्रो आम्दानी लिन चाहनेहरूले निश्चित मापदण्ड पूरा गरी आयोजना कार्यालयमा आउने उनले आब्हान गरे । कस्तूरी पाल्नका लागि चाहिने न्यूनतम् पूर्वाधार तयार गरी कार्यालयमा सम्पर्क गरे संरक्षण क्षेत्र भएकै कस्तूरी आयोजनाले उपलब्ध गराउने भएको छ । यो समाचार आजको कारोबार दैनिकमा दिलबहादुर केसीले लेखेका छन् ।

कस्तूरी पालेर किसानले त्यसको बिना लिन सकिन्छ । संरक्षण क्षेत्रले माऊकस्तूरी किसानलाई उपलब्ध गराउने योजना बनाएको छ । माऊ कस्तूरीबाट पाठापाठी जन्मिएपछि माऊ संरक्षण क्षेत्रलाई नै फिर्ता गर्नु पर्छ । किसानले कस्तूरी पालेर बिना निकाल्न र बिक्री वितरण गर्न पाउँछ । तर त्यसलाई मार्न पर्ने नपाइने आयोजना प्रमुख साहले बताए ।

एउटा कस्तूरीले वर्षमा २० तोलासम्म बिना उत्पादन गर्छ । यसबाट लाखौं आम्दानी गर्न सकिन्छ । कस्तूरीको बिना अन्र्तराष्ट्रिय बजारमा पनि राम्रै मूल्यमा बिक्री हुने भएकाले कस्तूरीको चोरी तस्करी र सिकार हुने गरेको छ । सरकारले कानुन मार्फतै जंगली पशुपन्छी पनि फारामको रूपमा घरपालुवा जनावर जसरी नै पाल्न सकिने व्यवस्था गरेकाले संरक्षण क्षेत्रमा पनि कस्तूरी पाल्न दिने भएको हो ।

त्यसैगरी जंगलमा पाइने कालिज, तित्रा जस्ता पन्छी समेत पाल्नका दिइने बताए । मासुका लागि प्रयोग गरिने कालिज र चित्रा जस्ता चराहरू व्यावसायिक रूपमा नै पालन गर्न उनले व्यवसायीहरूलाई आग्रह गरे । संरक्षण क्षेत्रले संरक्षण र स्थानीयको आयआर्जनमा संगसँगै काम गर्न लागेकाले नेपाल भ्रमण वर्ष २०२० केन्द्रित कार्यक्रम सञ्चालन हुने बताए ।
संरक्षण क्षेत्रले स्वचालितरूपमा चल्ने क्यामेरा ट्र्यापिङबाट दुर्लभ हिउँचितुवासहित आधा दर्जन वन्यजन्तु कैद गरेको तथ्य सार्वजनिक भएको हो । संरक्षणका अध्ययन टोली प्रमुख विष्णु पाण्डेका अनुसार च्छो–रोल्पा, दुधकुण्ड र येलुङ क्षेत्रमा ब्वाँसोसमेत फेला परेको छ ।

गत जेठमा गौरीशंकर गाउँपालिकाको वडा नं. ९ रोल्वालिङ उपत्यकाको बेदिङदेखि दूधकुण्डभन्दा माथिल्लो क्षेत्र ५ हजार मिटरसम्मको उचाइमा स्वचालित क्यामेरा राखेको थियो । जुन क्यामेरा तातो रगतजन्य जीव आउँदा सेन्सरको भरमा फोटो खिच्ने उनले बताए । विगतमा उच्च हिमाली क्षेत्रमा विगतमा वाह्य विज्ञ टोली प्रयोग हुने गरे तापनि यो पटक आन्तरिक जनशक्तिबाटै अध्ययन भएको आयोजना प्रमुख सत्यनारायण साहले जानकारी दिए ।

बेदिङ उपत्यका नजिकैको नागाउँ क्षेत्रमा कस्तूरी मृग र बेदिङ, गो टाकुरा आसपास रेडपाण्डा समेत कैद भएको आयोजना प्रमुख साहले जानकारी दिए । उनका अनुसार क्यामेरा ट्रयापिङमा संरक्षित पंक्षीमध्ये डाँफे लगाएतका अन्य धेरै जातका चराहरू समेत कैद भएका छन् ।संरक्षण क्षेत्रमा रातो फ्याउरो, झारल, घोरल, थार, मलसाप्रो, पितोदर मलसाप्रो, समेत १५ विभिन्न प्रजातिका स्तनधारी जनावरहरू समेत भेटिएका छन् । डाँफे, मुनाल , चिलिमे, हिउँ कुखुरा, हाडफोर समेत १२ प्रजातिका चराहरू समेत क्यामेरामा कैद भएका छन् ।

दोलखाको मुख्य पर्यटकीय क्षेत्रमा हिउँ चितुवा लगायतका यस्ता दुर्लभ जनावरको भेटिएपछि रोल्वालिङ क्षेत्रमा पर्यटकको आकर्षण बढ्ने संरक्षण क्षेत्रको छ । संरक्षण क्षेत्रले यस अघि पनि लप्ची उपत्यकामा राखेको क्यामेरामा हिउँ चितुवा, चरी बाघ, कस्तूरी, डाँफे, मुनाल, सुनौलो विरालो फेला पारेको थियो । आयोजना प्रमुख साहले दुलर्भ जनावर र पन्छी फेला पर्दा पर्यटन प्रबद्र्धनमा पनि थप सहयोग पुग्ने विश्वास गरे ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्