कतारबाट भटाभट फिर्ता गर्न हुन् थाले नेपाली !

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार ०८:०२


विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ । नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन ।

कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भए पनि आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने देखिन्छ ।

कतारमा हुने विश्वकम फुटबलका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगसँगै त्यहाँ कार्यरत अदक्ष नेपाली श्रमिकको संख्या घट्दै गइरहेको देखिएको हो । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रोलाले लेखेका छन् ।

यो पनि : मुलुकमा लगानी गरी हँसिलो मुहार बनाउनुपर्छः प्रदेश प्रमुख अधिकारी

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले मुलुकमा लगानी गरी हसिलो मुहार बनाउने ट्रक व्यवसायीलाई राज्यले सम्मान गर्ने गरेको बताउनुभएको छ ।

विराटनगर ट्रक व्यवसायी सङ्घको २९औँ वार्षिक साधारणसभा तथा १५औँ अधिवेशनको आज यहाँ उद्घाटनगर्दै उहाँले यो उद्यमीको समूहले रोजगारी प्रदान गर्नुका साथै मुलुकको विकास निर्माण ठूलो योगदान गरेको बताउनुभयो ।

प्रदेश प्रमुख अधिकारीले खर्र्वै लगानी रहेको यो सङ्गठनमा रहेका विभिन्न समस्यालाई समाधान गर्न समन्वयकारीको भूमिका खेल्ने उल्लेख गर्दै यो व्यवसायलाई अझ प्रतिस्पर्धी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।

अबको लडाइ भनेको मुलुकको समृद्धिका लागि उच्च मनोवलका साथ कार्य गर्नुपर्ने बताउँदै उहाँले वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपालीको’ राष्ट्रिय लक्ष्यलाई हामी सबै मिलेर पूरा गर्नुपर्छ भन्नुभयो ।

प्रदेशसभामा नेपाल काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुलुकमा ढुवानी सहजताले रोजगारी र व्यापार वृद्धि भएकाले उनीहरुको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङका अध्यक्ष ऋषि पोखरेलले राज्य सञ्चालनको राजश्वमा व्यवसायीको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।

विराटनगर ट्रक व्यवसायी सङ्घका अध्यक्ष मेघराज सिग्देल, महासचिव लोकनाथ पोखरेल, नेपाल ट्रक व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले तीन तहको सरकारको व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको, नेपाल–भारत दुई पक्षीय आधारमा पारावहन हुनुपर्ने, सवारीसाधन सञ्चालनलाई व्यवस्थित गर्नुपर्ने र यो व्यवसायलाई धरासायी बनाउने आर्थिक नीति सच्चाउनु सरकार क्रियाशिल हुनुपर्ने बताउनुभयो ।

नेपालमा अहिले ६५ हजार मालवाहक सवारीका साधन सञ्चालनमा रहेका छन् भने विराटनगर ट्रक व्यवसायीअन्तर्गत ३०० ट्रक सञ्चालनमा रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्