विदेशबाट घर फर्कदा श्रीमतीले सर्बस्व लुटेर अर्कै युवकसंग भागे पछि श्रीमान आशुले भिजे (भिडियो)

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार ०९:०६


काठमाडौं । श्रीमानले साउदीको ५५ डिग्रीको घाममा पसिना बगाएर कमाएको धन सम्पति कुम्ल्यार श्रीमती बेपत्ता भएपछि श्रीमान रुँदै मिडियामा आएका छन् । उनले श्रीमती खोजीदिन र सम्पत्तीको रक्षा गरिदिन सबैलाई आग्रह गरेका छन् ।

उनले श्रीमती अर्कैसंग विवाह गएर हिडेको बताएका छन् । श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर चितवनकी एक महिला सम्पर्कविहिन भए पछि उनका श्रीमान रुँदै मिडियामा आएका हुन् । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन बनेकी हुन । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सʼम्पर्क विहिन बनेकी उनका श्रीमान सʼन्तोष सुनारले बताए ।

वैदेशिक रोजगरीमा रहेका सन्तोष श्रीमती सम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन । उनका श्रीमती मंसिर २४ गत्तेदेखि सम्पर्कविहिन भएकी हुन । १ महिना पुग्न लाग्दा पनि सम्पर्क हुन नसकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन दिएका छन ।

थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए । परिवारका अनुसार नगद, गरगहनासहित सम्पर्कʼविहिन भएकाले दोस्रो विहे गरेको आशंका छ । प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकि छोरी पनि रहेका छन । प्रमिला सम्पर्कविहिन हुनुभन्दा पʼहिले घरमा एक जना मान्छे घरमा आउने, जाने बस्ने गरेको छोरोले भनेको सन्तोषले बताए । विदेशमा कमाएको सवै सम्पत्ती लिएर हिडेपछि सन्तोष तʼनावमा रहेका छन ।

त्यस्तै ज्वाई रुँदै मिडियामा आएपछि सासु पनि ज्वाइको समर्थन गर्दै रुँदै मिडियामा आएकी छन् । मेरो भगवान जस्तो ज्वाईलाइ धोका दिएर गएको भन्दै छोरी प्रति आक्रोश पोखेकी छन् । एक जना मान्छे मेरो देवर हो भन्दै छोरीले लिएर आएकी थिइ मलाई पनि नमस्कार गरेको थियो तर मैले चिनिन भन्दै उनले दुख पोखेकी छन् ।
राती यहि घरमा सुते बिहान ४ बजे नै उठेर गयो भन्दै उनले त्यो घटना सम्झंदै सम्पूर्ण कुराको बेलिबिस्तार लगाएकी छन् । उनले उक्त युवक गोरो अग्लो आँखा कुहिरो छ भन्दै उनले बताएकी छिन ।

ज्वाईले छोरीलाई निकै सुखमा राख्नु भएको थियो, हिलोमा पनि जान नदिने जे मन लाग्यो त्यो खाउ भन्नु हुन्थ्यो । छोराछोरी देखि मलाई पनि निकै माया गर्ने किनमेल गर्ने गरिदिनु हुन्थ्यो त्यस्तो ज्वाई अब म जीवनमै कहिले पनि पाउने छैन भन्दै धरधरी रोएकी छन् । बाँकि यो तलको भिडियोमा हेर्नुहोला

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्