बागमती प्रदेशका मुख्यमन्त्रीको अभिब्यक्ति प्रति विवेकशिलको आपत्ती, संसदको अभिलेखबाट अभिव्यक्ति हटाउन माग

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार १३:२०


काठमाडौं, २८ पुष । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अभिव्यक्तिलाई लिएर विवेकशील नेपाली दलले आपत्ती प्रकट गरेको छ । मुख्यमन्त्री पौडेलले आइतवार मन्तब्यका क्रममा विवेकशिलका नेतालाई लक्षित गरी दिएको अभिब्यक्ति प्रति सो पार्टीले आपत्ती प्रकट गरेको हो । विवकेशिलका नेता तथा संसदीय दलका नेता रमेश पौड्यालले प्रदेश राजधानी र नामका विषयमा आफ्ना पार्टीका सांसदलाई नेकपाले जारी गरेको ह्वीपको विषयलाई लिएर गरेको टिप्पणीमा मुख्यमन्त्री पौडेलले आपत्ती जनाउँदै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

विवेकशीलले सोमबार विज्ञप्ति प्रकाशित गरी आफ्ना संसदीय दलका नेता रमेश पौड्यालको मन्तव्यलाई लक्षित गरी आइतबार मुख्यमन्त्री पौडेलले ‘सांसद नै नरहन सक्ने’ अभिव्यक्ति दिएको भन्दै भर्त्सना गरेको हो ।

मुख्यमन्त्री पौडेलले नेकपाको सचिवालयले गरेको निर्णयका विरुद्ध बोल्ने कसैको हैसियत नभएको भन्दै टिप्पणी गरेका थिए । विवेकशिलले ‘उक्त अभिव्यक्तिमा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन विषयलाई संसदमा प्रवेश गराउनु गैरसंवैधानिक र व्यक्तिगत द्वेष भनेको छ । विवेकशिलले ‘सांसद नै नरहन सक्ने’ भन्दै मुख्यमन्त्रीले धम्कीपूर्ण भाषाको प्रयोग गरेको भन्दै त्यसलाई गैरसंसदीय भनेको छ । सो पार्टीले मुख्यमन्त्रीको उक्त वक्तव्य प्रतिखेद प्रकट गर्दै उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि विवेकशीलका संसदीय दलका नेतासमेत रहेका प्रदेश सांसद रमेश पौड्यालले नेकपाले प्रदेश राजधानी तोक्न हृवीपको तरवार चलाउनु दुःखद भएको टिप्पणी गर्दै प्रश्न गरेका थिए । विवेकशीलले प्रदेश राजधानीका काभ्रेको धुलिखेल हुनुपर्ने प्रस्तावसमेत दर्ता गराएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्