भारतीय युवती अ प ह रण गरेर नेपाल ल्याइएको भन्दै भारतले उद्दारका लागि माग्यो सहयोग

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार १५:५३


काठमाडौं, २८ पुष । भारतवाट एक युवती अ प हर ण गरेर नेपाल हुँदै अर्को मुलुक लैजाने सम्भावना रहेको भन्दै भारत सरकारले नेपाललाई युवतीको उ द्धारका लागि सहयोग मागेको छ । भारतले औपचारिक पत्र पठाएर अ प ह रित युवतीको उद्धारका लागि नेपाल सरकारलाई अनुरोध गरेको हो । प्रतिभा सिंह नाम गरेकी युवतीलाई अ प ह रण गरेर नेपाल ल्याएको र तेस्रो मुलुक लैजान सक्ने भन्दै भरतले उद्धारका लागि आग्रह गरेको हो । उनलाई नेपालबाट तेस्रो देश उड्नबाट रोक्न भारतले आग्रह गरेको हो।

भारतीय दूतावासले पुस १ ९डिसेम्बर १७, २०१९० मा नेपालको कन्सुलर विभागलाई लेखेको पत्रमा भारतीय राहदानीबाहक प्रतिभा सिंहलाई जर्मन राहदानीबाहक जर्नादन अडुगोडी भित्तलले अ प ह रण गरेको उल्लेख छ। भारतले पत्रमा भने दुवै नागरिकका बारेमा थप विवरण भने पठाएको छैन । भारतले देखाएको चासोवाट ति युवती कुनै ठूलो घरानाकी हुनसक्ने अनुमान गरिएको छ।

दूतावासले कन्सुलर विभागसहित गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल समेतलाई बोधार्थ गरेको पत्रमा यो विषयलाई उच्च प्राथमिकतामा राखेर का र बाही अघि बढाउन भनिएको छ। तर ति युवती र युवकका बारेमा भने अहिले सम्म कुनै जानकारी प्राप्त नभएको जनाइएको छ ।

पाँच वर्षदेखि अलपत्र विद्यालय भवन निर्माण शुरु

पौवादुङ्मा गाउँपालिका– ३, च्याङ्ग्रेस्थित पञ्चकन्या माविकोे पाँच वर्षदेखि अलपत्र भवन निर्माणको काम अघि बढ्ने भएको छ । आपसी किचलोका कारण लामो समयदेखि रोकिएको निर्माण प्रमुख जिल्ला अधिकारीको पहलमा सार्वजनिक सुनुवाइ गरिएपछि निर्माण शुरु गर्ने निर्णय भएको हो । रु ४० लाख लागतमा निर्माण गर्ने गरी थालिएको भवन निर्माणको काम रु ३० लाख खर्च भएपछि २०७२ सालदेखि रोकिएको थियो ।

विद्यालयका प्रअ रामकुमार राईले भने, “लामो समयबाट निर्माण कार्य अलपत्र थियो, प्रजिअको रोहवरमा काम शुरु गर्ने निर्णय भएकाले अब कामलाई निरन्तरता दिन्छौँ ।” भवन निर्माणको काम करीब अन्तिम चरणमा पुगेपछि स्थानीयवासीले निर्माण समितिले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी दिएका थिए । आयोगले छानबिन गरेर कुनै पनि अनियमितता नभएको भन्दै क्लिन चिट दिए पनि काम रोकिएको थियो । सबैको गुनासो सम्बोधन भएकाले अब कामले निरन्तरता पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिअ नुरहरि खतिवडाले भने, “स्थानीयवासीको कुरा सुन्दा व्यक्तिगत रि  सइबीको कारण अख्तियारमा उ जुरी परेको रहेछ, जिल्लामा अख्तियारको छानबिन गर्ने जिम्मेवारी मेरो भएकाले यो पहल गरेको हुँ, अब काम अगाडि बढाउने निर्णय भएको छ ।” विगत वर्षमा गाउँपालिकाले आफ्नो केन्द्रमा रहेको सो विद्यालयलाई नमूना विद्यालय बनाउने योजनाका साथ बजेट विनियोजन गरेको थियो । निर्माण क्रममा केही व्यक्तिले गलत मनसायका साथ आयोगमा उजुरी दिएकाले बजेट खर्च नभएको जनाइएको छ । सबैको पहलमा निर्माणलाई अगाडि बढाउने सहमति जुटेकाले अब विद्यालयलाई नमूना विद्यालय बनाउने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष किरण राईले भने, “विद्यालयको काममा अवरोध थियो, जसका कारण विगतमा गाउँपालिकाले विनियोजन गरेको बजेट खर्च भएन, अब भने हामी नमूना विद्यालय बनाउने गरी काम अगाडि बढाउँछौँ ।” काम गर्ने वातावरण तय भएकाले भवन निर्माणलाई निरन्तरता दिने विद्यालयले व्यवस्थापन समितिले जनाएको छ । कामलाई गुणस्तरीय तरिकाले सञ्चालन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश भुजेलको भनाइ छ । विद्यालय भवन निर्माण भएपछि अहिले कक्षाकोठाका कारण उत्पन्न भएको समस्या समाधान हुने विद्यालयले जनाएको छ । विद्यालयमा केही समयअघिदेयिख कम्प्युटरसँगै बालीविज्ञान कक्षासमेत सञ्चालन भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्