श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुर उडान गर्ने

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार २०:४९


निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ । श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर उडान गर्न लागको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।

उक्त गन्तव्य उडान भर्नका लागि श्रीएयरलाइन्सले गत मङ्सिर १५ गते जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो । श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ । कम्पनीले निकट समयभित्रै सिमरा र पोखरामा पनि उडान भर्ने तयारी गरेको छ । श्री एयरलाइन्ससँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन् । एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्