आकासमा उड्नु पर्ने विमान सडकको आकासे पुलमुनी फसेपछि

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार १०:०१


तपाईंले हवाईजहाज आकाशमा उडेको देख्नुभएको होला तर विमानलाई कहिले आकाशे पुलमुनी फसेको देख्नुभएको छ ? तपाईंको जवाफ ‘छैन’ भन्ने नै हुन्छ होला ।

तर यस्तै घटना भएको छ । भारतको पश्चिम बंगालको दुर्गापुरस्थित एउटा विमान आकाशे पुलमुनी फसेको छ ।

वास्तवमा एउटा ट्रकले भारतीय डाक सेवाबाट मुक्त भइसकेको एउटा पुरानो विमान लिएर जाँदै थियो तर हाइवेमा एउटा आकाशे पुल मुनीबाट गुडिरहेका बेला अग्लो उचाइका कारण विमान फस्यो । विमान त्यहाँ फसेको देखेर मानिसहरुहरुको भीड लाग्यो जसको असर ट्राफिकमा पनि पर्‍यो । एजेन्सी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्