भाइरल दृष्टिबिहिन नानीहरुलाई पाँचको खाना दिने कुमारले गरे यतिधेरै सहयोग (हेर्नुहोस भिडियो)

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार १०:१९


दमकमा पाँच रुपैयाँमा खाना बेचेर निकै राम्रो काम गरेको भोकलाइ भोजन टिलो आज धेरै सहयोग रकम अनि खाद्य सामाग्री लिएर बिकटमा रहेको गरिब दृस्टिबिहिन परिवारमा पुगेको छ । मोरङ केराबारीमा दृस्टीबिहिन साना साना दुई जना छोरीहरु रहेछन । आमा र दुई छोरीहरुको यति बिजोक रहेछ कि त्यो देख्दा सबैको आँखा रसाउछ । आमा पनि राम्रोसँग आँखा नदेख्ने अनि मानसिक रुपमा पनि अशक्त रहिछिन । बुबाले दुई बर्ष अगाडि नै यो सन्सार छाडेका साना बालिकाहरुको दयनीय अवस्था छ । परिवारमा कसैको साथ छैन ।

सारै दुर्गम ठाउँ आमाको हिड्नै नसक्ने अवस्था त्यसमाथि छोरिहरु साना साना अनि आँखा पनि नदेख्ने बिजोक अवस्था रहेको छ । लेटाङकि शान्ति पाख्रीनले पहिलोपटक सामाजिक संजाल फेसबुकमा नानिहरुको निकै कारुणिक तस्बिर हालेपछी भाइरल बनेको थियो ।

दमकमा पाँच रुपैयाँमा सादा खाना दस रुपैयाँमा मासुभात र एक रुपैयाँमा सुत्ने ब्यबस्था गर्दै गरेका कुमार राई योबन गुरुङ र सुपर अनलाइन टिभिका संचारकर्मी तथा कलाकार समीर सुबेदी लगायत सहयोग लिएर ती साना नानिहरुको घरसम्म पुगेका छन ।

तपाई पनि नानीहरुलाई केही सहयोग गर्न चाहनुहुन्छ भने सुपर अनलाइन टिभीका समीर सुवेदीलाई 9814930736, मा सम्पर्क गरेर गर्नुहोला । त्यसैगरी शान्ति पाख्रीन 9852041560 र कुमार राई लाई 9801456999 मा सम्पर्क गरेर पनि सहयोग गर्न सक्नुहुनेछ ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्