टिकटक का ण्ड: ”टिकटक बनाउन नपाएसि मेराे बुढीले घर छा डिन्” श्रीमान् आए मिडियामा

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार १३:१६


काठमाडौं ।युवा वर्गमा अहिले टिक–टक नामक एप्स निकै लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । विश्वभर झन्डै १० करोड भन्दा बढी टिक–टक प्रयोगकर्ता रहेका छन् । टिकटक युवा पीढिमा निकै नै लोकप्रिय एप हो । घर–घरमा कलाकार छन् भन्ने कुरा टिक–टक नामक एपले ले प्रमाणित गरिदिएको छ ।

सन् २०१६ देखि चीनबाट सुरु भएको टिकटक विश्वमा निकै लोकप्रिय छ । म्युजिकल्ली नामक एपबाट सुरु यस सोसल एप्लीकेसन सन् २०१८ मा टिकटकले किनेको हो । सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको टिकटकमा तन्नेरीहरु बढी झुम्मिने गरेका छन् ।टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । जमाना यस्तो आयो अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला संचारगृहको साथ जरुरी छैन ।

त्यसो त ठूलो पर्दामा गनिएका कलाकार पनि टिकटकमा अभिनय गर्न रुचाउँछन् । टिकटकमा चर्चित चेहेरा अहिले म्युजिक भिडियो र फिल्ममा समेत देखिन थालेका छन् ।कुनै गीत हिट भएनभएको संकेत पनि टिकटकले दिन थालेको छ । जुन गीतको टिकटकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिन्छ ।

तर जति यसको प्रयोगकर्ता बढेका छन् त्यती नै यसले जोखिमसमेत बढाएको छ । जो केहीलाई पनि फलो गर्न म्यासेज पढाउन मिल्ने भएका कारण यो साइवर वुलिङ्को अस्त्र समेत बन्न सक्छ । यसतर्फ पनि सचेत हुनै पर्छ ।

टिकटक अहिले धेरै मानिसको पहिलो रोजाइको सोसल मिडिया प्लाटफर्म बनिरहेको छ । मानिसहरुमा टिकटको नसा चढिरहेको छ र यसको दुरुपयोग पनि भैरहेको छ । तर प्रविधि आफैमा खराब होइन । धेरै मानिसको समय बर्बाद गरिरहेको तथा लतमा फसाइरहेको टिकटले पछिल्लो समय एक जना युवकको परिवार उजाड भएको छ भन्दै रुँदै मिडियामा आएका छन् । टिकटक चलाउंदा श्रीमतीसंग सधै विवाद हुने गरेको बताउने उनले अहिले श्रीमती सम्पर्क बिहिन भएकी छन् । श्रीमती सम्पर्क बिहिन भएसंगै श्रीमान तनावमा रहेका छन् । एक च्यानललाइ अन्तर्वार्ता दिदै `उनले श्रीमती र आफ्नो सम्बन्धको बारेमा सबै कुरा खोलेका छन् जुन तलको भिडियोमा हेर्नुहोला

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्