बिदेशी आमाकी नेपाली छोरी टिकटकमा भाइरल भएपछि मिडियामा,चलचित्र देखि दोहोरी सम्म हिट

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार २०:३१


टिकटकमा सर्बाधिक रुचाएकी बिदेशी आमाकी नेपाली छोरी अनुजा यो समय मिडियामा भाइरल भएकी छिन।उनि एक बिदेशी मुलुककि नागरिक कि छोरी हुन् अझ यसरी भनौ उनकी आमा बिदेशी हुन् भने बुबा नेपाली हुन्।नेपालमा बिबाह गरेर आए संगै अनुजा जन्मिएकी रहिछन।निकै सुन्दरी देखिने अनुजा टिकटकमा रुचाउन थालेपछि मिडियामा देखिएकी हुन्।

उनि टिकटक युजर मात्रै हैन एक प्रोफेसनल मेकअप आर्टिष्ट पनि रहेछिन।तर उनले अहिले भने जागिर गरेकी छैनन्।उनि एक युवक संग प्रेममा समेत रहेको खुलाईन।टिकटक बनाउने कोहीपनि सेलिब्रेटी न भएको र सेलिब्रेटी बन्न कलाकारिता सिक्नु पर्ने भन्दै आफु कलाकार न भएर एउटा शुभचिन्तक मात्रै रहने उनको भनाई छ।हेरौ यो बिशेष कुराकानी :

यो पनि पढ्नुहोस
काठमाडौं, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई घण्टा भेटवार्ता भएको छ । सभामुख कसलाई बनाउने भन्नेबारे पछिल्लो समय अध्यक्षद्धयबीच मनमुटाव भएको थियो । आज भएको छलफलपछि नेकपाले भोलि (शुक्रबार) सम्म सभामुखको उम्मेद्धवार चयन गर्ने सहमति भएको हो ।

नेकपाभित्र जटिल बनेको सभामुख चयन प्रक्रियामा परेको गाँठो फुकाउन दुई अध्यक्षले पहल कदमी थालेका हुन् । त्यसका लागि उनीहरुबीच अब लगातार छलफल गर्ने सहमति भएको छ । नेकपाभित्रै सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकरुपता नभएपछि केही दिनयता उनीहरुबीच संवाद नै टुट्न पुगेको थियो । ५ दिनको मौनतापछि प्रधानमन्त्री समेत रहेका ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बिहीबार बालुवाटारमा झण्डै २ घण्टा छलफल भएको हो ।

‘छलफल सकारात्मक ढङ्गले अघि बढेको छ’, वालुवाटार उच्च स्रोतले भन्यो, ‘पुनः शुक्रबार छलफल गरेर निश्कर्षमा पुग्न दुवै नेता सहमत भएका छन् ।’ नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार अध्यक्षद्धयबीच आज लामो छलफल भएको थियो । उनकाअनुसार सभामुखबारे भोलिसम्म निर्णय लिने अध्यक्षद्धयबीच सहमति भएको छ । संसदको अर्को बैठक माघ ६ गते बस्ने भएको छ । त्यो भन्दा अघि नै उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनेपनि गजुरेलले विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सार्दै आएका थिए । दुवैले आ–आफ्नो अडान नछाडेपछि यसअघिका छलफलबाट ठोस निश्कर्ष आउन सकेको थिएन । जसका कारण प्रतिनिधिसभा बैठक समेत पटक पटक स्थगित हुदै आएका थिए । गत आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठकअघि भएको दुई नेताबीचको छलफल निश्कर्षमा नपुगेपछि माघ ६ गतेसम्मलाई बैठक स्थगित गरिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex