ससुरालीवाट फर्किएका विनय दुई छोरा र श्रीमती सहित त्रिशुली नदिमा हा’म फा’ले

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार २१:२१


काठमाडौँ, २ माघ । धादिङमा एक दम्पत्ती दुई छोरा सहित त्रिशुली नदीमा हा म फा लेका छन् । ६ महिना र २ वर्षका दुई छोरासहित एक दम्पती बिहीबार साँझ त्रिशुली नदीमा हा म फा लेको प्रहरीले जनाएको छ । धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट उनीहरु छोराहरु सहित त्रिशुली नदीमा हा म फा लेका हुन् ।

काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हा म फा लेको प्रहरीले जनाएको छ । धादिङ प्रहरी प्रमुख रविन्द्र रेग्मीका अनुसार विनयको सकुशल उद्धार भएको छ। श्रीमती मृ त फेला परेकी छिन् भने दुई सन्तान बे पत्ता छन्। उद्धार गरिएका विनयको उपचार भइरहेको छ।

बे प त्ताको खोजी भइरहेको एसपी रेग्मीले जानकारी दिए। श्रीमती र छोरा सहित ससुरालीवाट घर फर्कनक लािग हिडेका विनय किन परिवार सहित त्रिशुली नदिमा हा म फा ले भन्ने कुरा भने खुल्न सकेको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित गोरखाको ध्याल्चोकस्थित ससुराली पुगेर घर फर्कँदै थिए। बिहीबार साँझ साढे ६ बजे घ टना भएको प्रहरीले जनाएको छ।

संरक्षण क्षेत्रलाई नयाँ तरिकाबाट विकास गरिन्छ मन्त्री बस्नेत

वन मन्त्री एवं अन्नपूर्ण संरक्षण कोषका अध्यक्ष शक्ति बस्नेतले संरक्षण क्षेत्रलाई परिस्कृत एवं परिमार्जन गरी नयाँ तरिकाबाट विकास गरिने बताउनुभएको छ । वन मन्त्रालयलद्वारा आज पोखरामा आयोजित अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन विषयक गोष्ठीमा उहाँले संरक्षण क्षेत्रलाई आवश्यकताअनुसार नीति निर्माण गरेर स्थानीयवासीले अनुभूति गर्नेगरी उपयोग गरिने बताए ।

मुलुक सङ्घीय प्रणालीमा गए पनि संरक्षण क्षेत्र परम्परागत तरिकाले सञ्चालन भई रहेको बताउँदै उनले संविधानप्रदत्त अधिकार उपयोग गर्नेगरी प्राकृतिक स्रोत साधनमा जनताको हक अधिकारको सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’ का लागि प्राकृतिक स्रोत साधानलाई भरपुर उपयोग गरिनेमा जोड दिँदै उहाँले अन्नपूर्ण संरक्षण क्षेत्रको प्राविधि सहयोग, सङ्घ र प्रदेशको अनुगमन तथा स्थानीय तहको व्यवस्थापन वर्तमानको आवश्यकता भएको बताउनुभयो । नेपाल प्राकृतिक साधन स्रोतमा सम्पन्न भए पनि त्यसको समुचित उपयोग हुन नसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले सरकारको विकासको लक्ष्य सफल बनाउन पनि यी स्रोतको बहुपयोग हुनुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनालाई अहिलेनै खारेज गर्नुभन्दा पनि जनताका अधिकारलाई स्थापित गर्दै संरक्षण क्षेत्रको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । प्राकृतिक स्रोत साधन एवं वन्यजन्तुको संरक्षणमा अन्नपूर्ण संरक्षण क्षेत्रको महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले वन, हिमाल आरोहण तथा पर्यटकबाट लिएको प्रवेश शुल्क प्राकृतिक वित्त ऐनले गरेको व्यवस्थाअनुसार बाँडफाँड हुनुपर्नेमा जोड दिए । विश्वका उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण क्षेत्रको संरक्षण र किवास अपरिहार्य भएको उल्लेख गर्दै उहाँले सोको उचित व्यवस्थापनका लागि आयोजनाको समयावधि केही महिना थप गरी सरकारलाई हस्तान्तरण गरिनुपर्ने बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्