इरानी मि’सा’इल कारवाहीमा ११ अमेरिकी सैनिक घा’इते

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार १८:२७


इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको कारवाही परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ । गत हप्ता इरानले गरेको कारवाहीमा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरेहेको अमेरिकी सेनाले बिहीबार जनाएको हो ।

अमेरिकी सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा इरानले अल असद सैनिक शिविरमा गरेको सोकारवाही परी कसैको निधन भने नभएको स्पष्ट पारेको छ ।
अमेरिकी केन्द्रिय कमाण्डका प्रवक्ता कप्तान बिल अर्बनले जारी गरेको विज्ञप्तिमा घाइतेहरुको अवस्थामा सुधार आइरहेको उल्लेख गरिएको छ ।

इराकमा जनवरी ३ मा अमेरिकी ड्रोन हमलाले इरानी वरिष्ठ कमाण्डर कासिम सुलेमानीको ह त्याको बदला स्वरुप इराकको पश्चिमी प्रान्त अन्बर, इर्बिल र अर्ध स्वायत्त क्षेत्रको कुर्दिस्तानका कारवाही गरेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी यही जनवरी ८ मा इरानी पक्षले एक दर्जनभन्दा बढी क्षे’प्या’स्त्र प्र’हार गरेको दाबी गरेको थियो । अमेरिका र इरानले एक अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आ’क्रम’णको घटना भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको ब’दला लिन ती कारवाही गरिएको इरानी पक्षले दाबी गरेको थियो ।
इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै जनवरी ३ मा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मा’रि’एपछि इरान र अमेरिकाबीच तनाब बढेको छ ।
इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेको अधिकारीहरुले बताउने गरेका छन् ।

यो पनि पढ्नुहोस : ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव सिनेटमा पठाउने प्रस्ताव पारित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन, हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सिनेटमा पठाएको छ ।

हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेको प्राप्त समाचारमा जनाइएको छ ।

यसअघि हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा उहाँमाथि महाअभियोग लगाउनेसम्बन्धी प्रस्तावमा मतदान हुदा २२८ जनाले माथिल्लो सदनमा पठाउने पक्षमा मतदान गरेका थिए भने १९३ जनाले विपक्षमा मतदान गरेका थिए ।

हाउस अफ रिप्रेजेन्टेटिभ्स्का सभामुख नान्सी पेलोसीले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको माथिल्लो सदन अर्थात् सिनेटमा पठाउने प्रस्ताव पारित भएको घोषणा गर्नुभएको थियो ।

हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सांसदहरु थेरै रहेपनि सिनेटमा भने रिपब्लिकनका सांसदहरु धेरै रहेका छन् ।

सिनेटमा पठाइएको प्रस्तावको बाँकी प्रक्रिया अर्को हप्ताबाट अघि बढ्ने बताइएको छ । प्रस्ताव पारित भएपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, “हामी फेरी अगाडि बढ्ने छौँ, डेमोक्र्याटहरुले केही गर्नसक्दैनन् ।”

अमेरिकाको इतिहासमा यसरी संसदको तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति हुनुभएको छ ।

विपक्षीहरुले ट्रम्पलाई शक्तिको दुरुपयोग गरेको, संसदको काम कारबाहीमा अवरोध पु¥याएकोलगायतका आरोपहरुसहित महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।

तर राष्ट्रपति ट्रम्प र उहाँका समर्थकहरुले भने ती आरोपहरू अस्विकार गरी ती प्रस्तावहरुका विरुद्धमा खण्डन गर्दै आएका छन् । उनीहरुले ट्रम्प विरुद्धको महाअभियोगको प्रस्तावलाई पक्षपातपूर्ण र आ क्रोशबाट चालिएको कदमको संज्ञा दिदै आएका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो । माथिल्लो सदनले पनि सो प्रस्ताव पारित गरेमा राष्ट्रपति ट्रम्पको बहिर्गमन हुनेछ ।

महाभियोग लागेर पदच्यूत भएपनि निर्वाचनमा उम्मेदवार हुन भने रोक्न नमिल्ने अमेरिकी व्यवस्था छ । माथिल्लो सदन सिनेटले उहाँलाई भविष्यमा निर्वाचित पद लिन नपाउने भनेर अर्को प्रस्ताव पारित गरेमा मात्रै उहाँ राष्ट्रपतिको उम्मेदबार हुनबाट बञ्चित हुनुहुनेछ ।

ट्रम्पलाई समर्थन गर्ने र उहाँको विरोध गर्नेहरू पहिले झैँ विभाजित छन् । विरोधीहरुले महाअभियोगको प्रस्तावले ट्रम्पलाई नकारात्मक असर पारेको ठानेका छन् भने समर्थकहरुले यसबाट कुनै असर नपरेको दाबी गरेका छन् ।

यो पनि पढ्नुहोस : मिशुस्तिनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव रूसी संसदबाट स्वीकृत

रूसी संसदको तल्लो सभा डुमाले राष्ट्रपति पुटिनद्वारा प्रस्तावित मिखाइल मिशुस्तिनलाई प्रधानमन्त्रीका रूपमा बिहीबार अनुमोदन गरेको छ । मिशुस्तिनलाई बिहीबार नै नयाँ प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो ।

पुटिनले संसद्को भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत सङ्ग्रहको प्रस्ताव गर्नुभएको छ । यसै परिवर्तनको सन्दर्भमा राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि लामो समय सहयोगी रहँदै आएका निवर्तमान प्रधानमन्त्री दिमित्री मेदभेदेवले बुधबार राजीनामा दिनुभएको थियो । उहाँले राष्ट्रपतिले संविधानमा नयाँ सुधारको प्रस्ताव ल्याएको र यसमा आफूले सघाउनुपर्ने नैतिक दायित्व रहेको बताउनुभएको छ ।

सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको उल्लेख थियो तर मेदभेदेवलाई अर्को व्यवस्था नहँुदासम्म प्रधानमन्त्रीका रूपमा काम गरिरहन आग्रह गर्नुभएको थियो । राष्ट्रपति पुटिनले नयाँ प्रस्तावमा सुरक्षा परिषद्को उप–प्रमुखको पद पनि सिर्जना गर्नुभएको छ र यसको नेतृत्व मेदभेदेवलाई गर्न आग्रह गरिएको छ ।

वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा आफूले पदबाट राजीनामा गरेको र राष्ट्रपतिलाई आवश्यक कदम चाल्न मार्ग प्रशस्त गरेको निवर्तमान प्रधानमन्त्री मेदभेदेभले बताउनुभएको छ ।

राष्ट्रपति पुटिनले एक विज्ञप्तिमार्फत् निवर्तमान प्रधानमन्त्री मेद्भेदेवलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्हालेको भन्दै उहाँको प्रशंसा गर्नुभएको थियो । उहाँले भन्नुभयो, “मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपार्इँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हासिल गरेका नतिजाहरूप्रति आभारी छु ।”

एक हप्ता पहिले पुटिनले संसद्को भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत सङ्ग्रहको प्रस्ताव गर्नुभएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex