विदेशबाट घर फर्कदा ५० लाख र २ छोरी सहित श्रीमती अर्कैसंग फरार, ७ कक्षा पढ्दा देखि लगाएको मायामा धोका (भिडियो हेर्नुस्)

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार १४:३८


काठमाडौं । वैदेशिक रोजगारीमा गएका युवाहरुले पाएको धोकाका बारेमा अहिले बारम्बार घटना बाहिर आइरहेका छन् । चितवनमा केही दिन यता त’हल्का म’च्चाएको एउटा घटना सेलाउन नपाउँदै फेरी त्यस्तै प्रकृतिको अर्को घटना तनहुंमा चर्चा पाएको छ । भानुनगरपालिका ९ बाइसजागरकी अनुपा अधिकारी आफ्ना पतिले दुवईमा कमाएको ५० लाख बढीको सम्पत्ती सहित दुई छोरी लिएर सम्पर्क विहिन भएकी छन् ।

उनले आफ्ना श्रीमानलाई मात्र होइन माइतीलाई समेत धोका दिएको खुलेको छ । श्रीमानलाई त सबै लु’टेर गइन् तर माइतीलाई पनि ऋणमा चुर्लम्म डुवाएर उनी सम्पर्क विहिन भएकी छन् । छोरीले यस्तो गलत काम गरेपछि अनुपाको आमा धरधरी रुँदै मिडियामा आएकी छन् । छोरी सम्पर्क विहिन भएपछि आमाको सम्पर्कमा छन् भन्ने आरोप लागेपछि उनी रुँदै मिडियामा आएकी हुन् ।

आफुलाई छोरीको बारेमा केही थाहा नभएको र किन छोरीले यस्तो गरिन् भन्ने सम्म नजानेको उनको भनाई छ ।
अनुपाको दाईको नाम सुर्य पाण्डेले एउटै धाराको पानी खाने बहिनीले त्यस्तो गरेपछि आफुहरुलाई निकै समस्या भएको बताए । उनले आफुहरुको तर्फवाट लागे पुगेसम्म गरेको भएपनि फेला पार्न नसकेको बताए ।

झण्डै ५० लाख बढीको सम्पत्ती लिएर दुई बच्चा सहित श्रीमती सम्पर्क विहिन भएकी हुन् । तनहुँका नकुल अधिकारीको श्रीमती अनुपा अधिकारी ५० लाख रुपैया बराबरको सम्पत्ती लिएर सम्पर्क विहिन भएकी हुन् । नकुल पनि दुवईमा रहेर वैदेशिक रोजगारीमा थिए । दुई महिना देखि उनको श्रीमती छोराछोरी सहित सम्पर्क विहिन भएपछि उनी पनि रुँदै मिडियामा आएका छन् ।

बहिनी स्यागंजाका कुमार कार्कीसंग नजिकिएको आफुहरुले पनि थाहा पाएको बताएका छन् । एउटा फोटो आफुहरुले फेला पारेको बताए । छोरीले गल्ती गरेर गएपछि ६० वर्षकी बृद्ध आमाको विचल्ली भएको छ । अनुपाले श्रीमानको सम्पत्ती त लिएर गइन् तर आफ्नै आमासंग पनि २ लाख रुपैया लिएर गएको बताइन् ।

दुवईमा दुख गरेर कमाएर बैंकमा राखेको पैसा श्रीमानलाई थाहा नदिएर निकालेको, छिमेकीमा पनि ऋण नै ऋण बनाएर श्रीमती सम्पर्क विहिन भएकी छन् । कक्षा ७ मा पढ्दा देखि प्रेम गरेर विवाह गरेकी श्रीमतीले यस्तो गर्छिन होला भनेर नकुलले सोचेका पनि थिएनन् । १३ वर्ष सम्म दुवईमा बसेर कमाएका नकुल अहिले घर आउँदा घरमा न श्रीमती छन् न त छोराछोरी ।

कमाएको सम्पत्ती पनि छैन छिमेकीमा बस्न समेत अवस्था छैन । प्रत्येक घरवाट ऋण लिएर श्रीमती हराइन् । विवाह भएको १५ वर्ष पछि कुमार कार्की भन्ने ब्यक्तिसंग आफ्नो श्रीमती गएको नकुलको भनाई छ । कार्कीले आफ्नो श्रीमतीसंग म्यासेन्जरमा कुरा गरिरहेको आफुले थाहा पाएको उनले बताए । आफ्नो श्रीमती लिएर जाने पनि दुवईमा बस्दै आएका थिए । उनले आफ्नो श्रीमतीलाई सम्बोधन गर्दै भने, अनुपा कृपया मेरो छोरीहरुको भविष्य बरवाद नबनाईदेउ ।

तृष्णा जन्मिदा उनी नेपालमा थिए तर कान्छी छोरी तृप्तीलाई प्रत्यक्ष अनुहार पनि हेर्न पाएका छैनन् । कान्छी छोरीलाई राम्रोसंग चिन्न पनि पाइन् । विदेशी भूमीमा आफुले दुख गरेर भएपनि छोरीलाई डाक्टर बनाउने उनको चाहना थियो । उनी भन्छन् छोरीलाई डक्टर बनाउन चाहन्थे तर अहिले मलाई अहिले दौडने बनाएकी छ ।

भागेर गएपछि पनि छोरीले लुकेर म्यासेन्जरमा सम्पर्क गरेको उनले बताए । छोरीले रुँदै लुकेर फोन गर्छ, मलाई आउन दिन्न बुवा कसरी आउनु भन्छ । अहिले तीन साता देखि छोरीको फोन पनि आउन छोडेको नकुलले बताए ।

अहिले जो संग आफ्नो श्रीमती भागेर गइन् त्यो कुमार कार्कीलाई श्रीमतीले मामाको छोरा भनेर चिनाएको बताइन् । पहिला पनि कुरा गरिरहेको थाहा पाएको थिए तर मामाको छोरा भनेपछि मैले नराम्रो सोच्ने कुरा पनि भएन । दुवईवाट फर्कदा आफुभन्दा दुई साता पहिला कुमार आएको र आफ्नो श्रीमतीलाई लिएर गएको उनले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex