२ छोरी भएकी अर्कैको श्रीमती अनुपा लिएर हिडेपछि, कुमारकी श्रीमती मिडियामा आइन र पोखिन यस्तो दुखेसो (भिडियो)

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार १२:०८


काठमाडौं । तपाईहरुलाई अनलाइन रोधीघरको बारेमा थाहा छ की छैन ? जसरी रेष्टुरेष्टमा दोहोरी गाइन्छ त्यसरी नै अनलाईन मार्फत पनि दोहोरी गाउने प्रविधि छ । अनलाईन मार्फत दोहोरी गाउँदा गाउँदै एउटा सुन्दर संसार भताभुं’ग भएको छ । चितवनमा केही दिन त’हल्का म’च्चाएको एउटा घटना सेलाउन नपाउँदै फेरी त्यस्तै प्रकृतिको अर्को घटना तनहुं भानुनगरपालिका ९ बाइसजागरमा भएको छ । सो घटना अनलाईन रोधीघरका कारण भएको खुलेको छ ।

झण्डै ५० लाख बढीको सम्पत्ती लिएर दुई बच्चा सहित श्रीमती सम्पर्क विहिन भएपछि तनहुँका नकुल अधिकारी मिडियामा सहयोग माग्दै आइपुगेका छन् । यहि अनलाईन रोधीघरका कारण उनको सुन्दर संसार भतभुंग भयो ।

श्रीमती अनुपा अधिकारी ५० लाख रुपैया बराबरको सम्पत्ती र उनका दुई छोरी समेत लिएर सम्पर्क विहिन भइन् । नकुल पनि दुवईमा रहेर वैदेशिक रोजगारीमा थिए । दुई महिना देखि उनको श्रीमती छोराछोरी सहित सम्पर्क विहिन भएपछि उनी पनि रुँदै मिडियामा आएका छन् ।

विवाह भएको १५ वर्ष पछि कुमार कार्की भन्ने ब्यक्तिसंग आफ्नो श्रीमती गएको नकुलको भनाई छ । कार्कीसंग अनुपा अनलाईन दोहोरीमा सहभागी हुन्थिन् । आफ्नो श्रीमानले अर्कैको श्रीमती लिएर हिँडेपछि उनै कुमारको श्रीमती अहिले मिडियामा आएकी छन् ।

कास्कीको गगनगौंडा स्थित कुमार कार्कीको घरमा उनको श्रीमती र परिवार बस्छन् । कुमारको श्रीमातीको नाम सुनमाया हो । कुमार र सुनमायाको विवाह भएको १४ वर्ष भयो । उनीहरुको एउटा छोरा छ ।

लामो समय देखि विदेशमै रहेका उनी पछिल्लो समय दुई वर्ष अघि साउदी गएका हुन् । दुई वर्ष अघि गएपछि केही समय राम्रै सम्बन्ध थियो तर एक वर्ष अघि भने अब म पैसा पठाउन सक्दिन जसरी खाने हो खाउ भन्दै जवाफ लगाए । त्यसपछि बैंकमा भएको ऋण तिर्न उनले अरुसंग ऋण खोजेर बुझाएको बताइन् ।

श्रीमानले पैसा पठाउन छोडेपछि छोरा र आफ्नो पेट पाल्न विद्यालयमा भाँडा माझ्ने काम गर्न थालेको बताइन् । उनले आफ्नो श्रीमान नेपाल आएको र विवाह गरेको बारेमा केही थाहा नभएको बताइन् । श्रीमतीले पनि अनलाईन रोधीमा उनीहरुको फोटो देखेपछि मात्र त्यसवाट उनीहरु नजिकिएको बताइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex