पर्वतमा प्लास्टिकको चामल भेटियो ! विक्रिवितरणमा रोक

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार १४:२९


पर्वत , ६ माघ । पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् ।

गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि स्थानीयवासी सशङ्कित बनेका हुन् । लामिछानेले केही समय पहिले स्थानीय व्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भातको डल्ला परेको र प्लास्टिक जस्तो गरी उफ्रिन थालेको उनले बताए । उनका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभए पनि यो चामल भने ढिलो पाक्ने र खानाको स्वाद अर्कै आएकाले डल्ला पारेर उफ्रिएपछि शङ्का लागेको बताए ।

आज बिहान यस्तो समस्या देखेपछि उनले तत्कालै जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य सङ्घलाई खबर गरेका थिए । खबरपश्चात पुगेको टोलीले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानका लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिए । शङ्कास्पद भेटिएपछि उक्त ब्राण्डको चामल कुश्माबजारमा विक्रीका लागि रोकसमेत लगाइएको छ । २५ किलोग्राम तौलको बोरामा यस्तो समस्या देखिएको हो ।

सुन्तला बिक्रीबाट २५ लाख आम्दानी

यहाँका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर रु २५ लाख आम्दानी गरेका छन् । सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पादन गर्ने अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका अर्याल जिल्लामै धेरै आर्थिक लाभ लिने सुन्तला व्यवसायीमध्ये हुन्।

अर्यालले यसवर्ष सुन्तला बिक्रीबाट रु २५ लाख आम्दानी गर्नुभएको छ भने गतवर्ष रु ३६ लाख आम्दानी गरेका थिए । “गतवर्ष सुन्तला बिक्री गरेर रु ३६ लाख आम्दानी गर्न सफल भएको थिएँ” व्यवसायी अर्यालले भने, “एकवर्ष धेरै उत्पादन हुने र अर्को वर्ष कम उत्पादन हुने कारणले गर्दा पनि यसवर्ष सुन्तला उत्पादनमा कमी भई गतवर्षको जस्तो आम्दानी भएन ।”

अर्यालले आजभन्दा ४० वर्ष अघि २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका विरुवाबाट व्यवसायको थालनी गरेका थिए । “कृषि विषय अध्ययन गर्दा व्यवहारिकतालाई पनि जोड दिइन्थ्यो,” व्यवसायी अर्यालले भने, “सोही समयमा सारेको बिरुवा राम्रो हुँदै गएपछि २०४२ र २०५० सालमा थप सुन्तलाका बोट लगाएको हुँ ।”

अस्सी रोपनी क्षेत्रफलमा फैलिएको अर्यालको सुन्तला बगैँचामा एक हजार ६०० वटा सुन्तलाका बोट छन् । अर्यालको मुख्य आम्दानीको स्रोत सुन्तला र दोस्रोमा कफी हो । सुन्तला र कफीखेतीबाट नै आठ जनाको परिवारको शिक्षा दीक्षा तथा घरखर्च चलाउँदै आउनुभएका अर्यालय यो व्यवसायबाट पूर्णरुपमा सन्तुष्ट भएको बताउछन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex