केदारनाथका जगतगुरु भीमाशंकरसँग पूर्वराजा शाहले गरे भेटवार्ता

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १२:१५


काठमाडौं, ७ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहसंग हिन्दु धर्मावलम्वीको पवित्र तिर्थस्थल केदारनाथका जगतगुरु भीमाशंकर लिंगले भेट गरेका छन् । यतिबेला पूर्वको भ्रमणका क्रममा झापा रहेका पूर्वराजासंग उनले काठमाडौंमै भेट गरेका हुन् । उनी झापा जानु अघि भेटवार्ता भएको बताइएको छ ।

केही दिन अघि काठमाडौं आएर निर्मल निवासमै भीमाशंकरसँग भेटवार्ता गरेको बताइएको छ । निर्मल निवासमा भएको भेटमा भीमाशंकरले उनलाई हिन्दु राष्ट्र प्रमुखका रुपमा केदारनाथको प्रसाद र आशीर्वाद दिएका थिए । चन्दन समेत लगाइदिएका थिए । भेटघाटका तस्बिर सार्वजनिक भएको छ ।

माघे संक्रान्तिको अवसर पारेर भीमाशंकर नेपाल आएका थिए । उनले चार दिने नेपाल यात्राका क्रममा पशुपतिनाथ, केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरको पूजाअर्चना पछि पूर्वराजासंग भेटघाटका लागि गएका हुन् । गुरुले यहाँको कालीगण्डकीमा स्नान लगायतका धार्मिक कर्म गरेका थिए ।

उनले गत पुस २९ गते डोलेश्वर महादेवमा पूजा अर्चना गरी सोही राति निर्मल निवासमा पूर्वराजासँग भेटघाटका लागि पुगेका थिए । उनले माघे संक्रान्तिको बिहान पशपतिनाथ मन्दिरमा विशेष पूजा गरी देवघाट प्रस्थान गरेका थिए। पूर्वराजासंगको भेटका क्रममा उनले नेपालमा बढ्दै गएको धर्मपरिवर्तनको माहोल प्रति चिन्ता ब्यक्त गरेका थिए ।

नवलपरासीस्थित मध्यविन्दुका करिब ५ हजार आदिबासिलाई रुद्राक्षको माला लगाइदिएर धर्म परिवर्तन अभियानको प्र ति का र तथा अस्वीकार गर्न समेत उनले आग्रह गरेका थिए।
उनले त्यहाँ संस्कृत महाविद्यालय खोली सबै जातजातीका व्यक्तिहरुका लागि ज्ञानको श्रोतमा पहुँच सुनिश्चित गर्न आफू सक्रिय रहेको बताए । उनले आफ्नो यात्राका क्रममा एक लाख श्रीमद् भागवत गीता पनि वितरण गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex