तीन गाउँपालिकामा भत्काइयो १०८ छाउगोठ

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १४:१९


काठमाडौं, ७ माघ । प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो ।

सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १४ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो ।

नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी छ । प्रहरीले गोठ भए नभएको अवस्थाका बारेमा अनुगमनसमेत गरिरहेको छ । अनुगमनका क्रममा ती तीन गाउँपालिकामा मात्रै ११३ छाउपडी गोठ रहेको जनाइएको छ । उहाँले भन्नुभयो, “तीन गाउँपालिकामा छाउगोठ भेटिएका छन्, छाउगोठ भत्काउने अभियान जारी छ ।” गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन गरिएको छ ।

अभियानमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाको सहभागिता रहँदै आएको छ । जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

भीमदत्त बसपार्कको उद्घाटन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यातायात क्षेत्र व्यवस्थित गर्न सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा सङ्घीय यातायात कानून निर्माण भइरहेको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरस्थित आज भीमदत्त बसपार्कको उद्घाटन गर्दै मन्त्री नेम्वाङले तीनवटै सरकारले यातायात क्षेत्रको व्यवस्थानमा अग्रसरता लिइरहेको बताउनुभयो । “सातै प्रदेशका यातायात विकासमन्त्रीदेखि सचिव तथा सरोकारवालासित पनि यस विषयमा छलफलको शुरुआत गरेका छौँ ।” मन्त्री नेम्वाङले भन्नुभयो, “यात्रीलाई पर्ने असुविधा र बिमा सुरक्षालाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारको ध्यान गएको छ ।”

यातायात कम्पनीका समस्या, स्थिर पूँजी रुपान्तरण र भाडा समायोजनका विषयमा समेत छलफल भइरहेको बताउँदै ती विषय चाँडै व्यवस्थित हुने उहाँको भनाइ थियो । “एक वर्ष अघिदेखि नै सरकारले यातायातको क्षेत्र व्यवस्थित गर्न सोचेको हो” उहाँले भन्नुभयो, “संसद्मा पनि ऐन पेश भएर छलफल भइरहेको अवस्था छ ।”

भीमदत्तनगर बसपार्क भारतीय शहरस्थित पनि दूरीका हिसाबले नजिक रहेको भन्दै उहाँले यो बसपार्कको निकै महत्व रहेको बताउनुभयो । भीमदत्त नगरपालिकाको स्वामित्वमा रहेको बसपार्क आधुनिकीकरणका लागि नगर विकास कोषले रु सात करोड ५० लाख ऋण सहयोग रहेको छ । चार सय बस अट्ने क्षमता रहेको बसपार्कमा सुरक्षा डेस्कका साथै यात्रुको सहजताका लागि विभिन्न सेवा प्रदान गरिएको छ ।

भीमदत्त नगरपालिकाको प्रथम स्थापना दिवसका अवसरमा आयोजित बसपार्क उद्घाटन समारोहमा महाकाली यातायात समितिका अध्यक्ष डम्बर पन्तले महाकाली नदीमा रहेको शारदा ब्यारेज ९बनवासा पुल० १२ औँ घण्टा सञ्चालनमा ल्याउन र भीमदत्त बसपार्कलाई अन्तर्राष्ट्रिय बसपार्कका रुपमा विकास गर्न आग्रह गर्नुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex