अष्ट्रेलियामा धुलोको आँधी आएको २४ घण्टा नबित्दै फेरी बल जत्रा असिना बर्सियो

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १४:३४


एजेन्सी । अष्ट्रेलियामा धुलोको आँधी आएको २४ घण्टा नबित्दै फेरी बल जत्रा असिना झरेको छ । आकासवाट झरेका ति असिनाले सवारी साधनमा क्षति पुर्याएको छ भने चरालाई पनि झारेको छ । अष्ट्रेलियाको दक्षिणपूर्वी भूभागमा ‘गल्फ बल’ जत्रो असिना बर्सिएको हो । उक्त असिनले कारको झ्यालमा क्षती पुर्‍याउनुका साथै थुप्रै चराचुरुङ्गीलाई घाइते बनाएको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् । धुलोको मुस्लोयुक्त भयानक आँधी आएको २४ घण्टा नबित्दै उक्त स्थानमा असिना परेको हो ।

सोमबार अपरान्ह देशको राजधानी क्यानबेरामा बलजत्रो असिना परेको थियो । असिना परेसँगै कोही मानिस ओत लाग्न दौडिए भने असिनाको सम्भावित क्षतीबाट बच्नका लागि चालकले आफ्नो साधनलाई अन्डरग्राउन्ड पार्किङतिर कुदाएको देख्न सकिन्थ्यो ।

१५ मिनेटपछि २ इन्च चौडाइ भएको असिना पर्न रोकिएको केही बेरमा त्यहाँ गाडीको झ्यालको सीसामा क्षति पुगेको र दर्जनौं चराचुरुङ्गीलाई चो ट पुगेको देखिएको थियो । क्यानबेरामा रहेको अष्ट्रेलियन संस्थाका अनुसन्धानकर्ता तोम स्वानले त्यस बारेमा जानकारी दिएका हुन् ।

अष्ट्रेलियाको मौसम विभागका अनुसार उक्त असिना अब सिड्नी, ओलङ्गङ्ग र न्यूक्यासल सरेको छ । मौसम विभागले उक्त क्षेत्रमा वि ना स कारी आँधी, ठूला असिना र भारी वर्षाको सम्भावना भएको भन्दै चेतावनी जारी गरेको छ ।

उक्त असिना आइतबार बेलुकी धुलोको आँधी आएको २४ घण्टा नबित्दै परेको हो । उक्त आँधीले शहरलाई घप्लक्कै छोपेको थियो भने सूर्यलाई पनि ढाकेको थियो जसका कारण केही शहर दिउँसै अँध्यारो भए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex