दु’र्घ’ट’नामा एकै टोलका ७ जनाको निधन: ३० भन्दा बढी घाइते, पुरै गाउँ शो’कमा

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार १२:११


धादिङ, १० माघ । मिनि ट्रक दु’र्घ’टनामा एकै गाउँका ७ जनाको ज्यान गएपछि भुलभुले गाउँ अहिले शो’मा डुबेको छ । नीलकण्ठ नगरपालिका-२ भुलभुले गाउँ गुरुङ समुदायका ८० घरधुरी बसोबास गर्ने ७ जनाको निधन भएको हो । दु’र्घ’ट’नामा निधन तथा घाइते भएका परिवारलाई समवेदना तथा सान्त्वना दिन टाढा-टाढाबाट आफन्तजन गाउँमा पुगेका छन्।

गत मंलगबार मन्दिर दर्शन गरेर फर्केका यात्रु चढेको मिनि ट्रक धादिङको नीलकण्ठ नगरपालिका-८ मैदी भन्ज्याङमा दु’र्घट’ना हुँदा एकै गाउँका ७ युवाले ज्यान गुमाएका हुन्। क्षमता भन्दा बढी यात्रु राखेर गुडेको ट्रकको चालक र यात्रुले समेत मा’दक प’दार्थ खा’एको घाइतेले जनाएका छन् । दु’र्घट’नामा करिब ३० भन्दा बढी पुरुष घाइते भएका छन् । गाउँभरिकै पुरुष कोही घाइते त कसैले संसार छाडेर गएपछि यतिबेला नीलकण्ठ नगरपालिकाको वडा नं २ भुलभुले गाउँ पूरै शो’कमा डुबेको छ। एक अर्कालाई सहारा र सहयोग गर्ने पनि कोही छैनन् ।

देउतालाई भाकल बुझायो भने मनले चाहेको सबै कुरा पूरा हुन्छ भन्ने जनविश्वासका साथ उनीहरु मन्दिर पुगेका थिए । ज्वालामुखी ४ ढोलामा रहेको मण्डलीमाईलाई भाकल बुझाउन गएका नीलकण्ठ २ भुलभुले गाउँका ७ जना मन्दिर दर्शन गरेर फर्कने बेलामा दु’र्घ’टनामा परेर ज्यान गुमाएका हुन्।

ट्रकमा यात्रुको बिमा नहुने भएकाले क्षतिपूर्तिको कुरा समेत मिलेको छैन । जिल्ला प्रशासन कार्यालयको पहलमा तत्कालका लागि ट्रकधनीले प्रतिमृ’तक ५० हजार रुपैयाँ कि’रिया खर्च उपलब्ध गराउने भएपछि बिहीबार साँझ आफन्तले श’व बुझेका छन्।

दु’र्घट’नाको शो’कमा नीलकण्ठ नगरपालिकाले बुधबार शो’क बिदा दिएको थियो । बुधबार बसेको नगरकार्यपालिका बैठकले शो’क प्रस्ताव पारित गर्दै घाइतेको उपचारका लागि ५ लाख, घाइते लिन गएको हेलिकप्टर र एम्बुलेन्स खर्चसमेत व्यहोर्ने निर्णयसमेत गरेको नगरपालिकाका प्रवक्ता गौतमहरि अधिकारीले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex