नेपालले सिधै सन् २०२१ को आइसीसी टी २० विश्वकप क्रिकेट खेल्न पाउने

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार १३:३३


काठमडौं, १० माघ । नेपालले सन् २०२१ मा भारतमा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटको लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकपका लागि बिहिबार जारी गरेको सूचना अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्न पाउने भएको हो ।आईसीसी २०२० जनवरी १ मा सार्वजनिक भएको टी(२० वरियताका आधारमा नेपालसंगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।

ग्लोबल छनोटमा कूल १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा खेल्नेछन् । ग्लोबल छनोट ८, ८ राष्ट्रको विभाजन गरी सन् २०२१ को मार्च देखि जुलाई सम्म चल्ने छ ।

अमेरिका र ओमानसँग खेल्ने क्रिकेट टिमको घोषणा

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग(२ अन्तर्गत घरेलु भूमीमा हुने पहिलो एकदिवसीय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको टिममा एक खेलाडीले पहिलो पटक स्थान बनाएका छन् । एकदिवसीयतर्फ दुई नयाँ खेलाडीले स्थान बनाएका छन् ।कमल सिंह ऐरीले पहिलो पटक टिममा स्थान बनाएका छन् । यस्तै सुशन भारी र कुशल मल्लले पहिलो पटक एकदिवसीय टिममा परेका छन् ।

सोमपाल कामी चोटको कारण र बसन्त रेग्मी घरायसी कारण टिममा रहेका छैनन् ।कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिज फेब्रुवरी ५ देखि १२ सम्म चल्नेछ । सिरिजका लागि अमेरिका र ओमानले यस अघिनै टिमको घोषणा गरिसकेका छन् ।

सिरिजका लागि नेपालले पोखरामा एक हप्ता प्रशिक्षण र मलेसियाविरुद्धको तीन मैत्रीपूर्ण खेल खेलेको थियो । मलेसिया-११ सँगको तीन अभ्यास खेलमा क्यान-११ ले तीनै खेल जितेको थियो।

नेपाली टिम ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनास बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेषवाकर, ललित राजबंशी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex