फेरि चितवनमा:श्रीमती र छाेरालाई याे हालतमा छाडेर बाउ बेपत्ता, श्रीमतीको आँशु रोकिएन (भिडियो)

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार १३:५६


चितवनमा एक पछि अर्को सामाजिक विसंगतीका अनौठा घटना सार्वजनिक भइरहेका छन् । वैदेशिक रोजगारीले निम्त्याएका समस्याले कति घटनामा महिला पीडित भएका उदाहरण छन् भने कति घटनामा पुरुष पनि पीडित भएका देखिन्छन् । चितवनमा भर्खर सार्वजनिक भएका दुई घटनाले पुरुष पीडित देखिएका छन् ।

अहिले फेरी गोरखाकी एक महिला त्यस्तै घटनाको शिकार भएकी छन् । उनी पनि चितवनमै फेला परेकी छन् । प्रेम विवाह गरेका श्रीमानले एक छोरा जन्मिए पछि धोका दिए । घरमा सासु ससुरा पनि छैनन् । आफ्ना श्रीमानलाई जन्माएपछि आमा बितेका कारण उनको आर्थिक अवस्था पनि कमजोर थियो । अभिभावक विहिन पुरुषसंग विवाह गरेर आएकी यि महिलालाई श्रीमानले झुपडीमा ल्याएर राखे । राधिका विक नाम गरेकी यि महिला अहिले मजदुरी गरेर ८ वर्षको छोरा पालेकी छन् ।

२४ वर्षकी राधिका अहिले चितवनमा कोठा भाडाामा लिएर बसेकी छन् । गोरखा बाह्र किलो भन्ने स्थानवाट चितवन आएकी उनी ९ वर्ष अघि विवाह गरेकी थिइन् । सानै उमेरमा प्रेम विवाह गरेकी राधिकालाई श्रीमानले छोडेर गएपछि उनको दैनिकी निकै कष्टकर भएको छ । राधिकालाई यस अघि पनि उनले गोरखामै छोडेर आएका थिए । फोन गर्दा म पूर्वमा छु भनेर झुट बोल्ने गरेका थिए । श्रीमानले पूर्वमा छु भनेपनि उनी चितवनमै बस्ने गरेका रहेछन् । श्रीमानले वास्ता गर्न छोडेपछि उनले यस अघि पनि प्रहरीको सहारा लिइन् । त्यसपछि उनी गोरखा पुगे । उनले पूर्वमा छु भन्दै अर्की महिला लिएर बसेको थाहा पाएपछि उनले प्रहरीको सहारा लिएकी थिइन् ।

दुई जना मिलेर कमाएको पैसा ६ लाख पैसा पनि लिएर हिँडेको अहिले १२ दिन भएको छ । दिनरात मजदुरी गरेर कमाएको पैसा पनि लिएर हिँडेपछि उनको बिचल्ली भएको छ । घरजाउँ भने घर छैन । सासुससुरा छैनन् । ओत लाग्ने झुपडी पनि छैन । म कुली काम गरेर भएपनि पाल्छु भनेर गोरखावाट चितवनमा ल्याएर बिचल्ली पारेर उनका श्रीमान अहिले बेपत्ता भएका हुन् । युटयुवमा अन्य पीडितहरुको बारेमा भिडियो बनाएको देखेपछि उनले पनि युट्युवरलाई खबर गरेकी थिइन् । उनका श्रीमानको नाम कृष्ण विक हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex