अभिनेत्री शर्माद्वारा देहत्याग, भेटियो यस्तो ‘नोट’

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार २३:२१


भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले शुक्रबार देहत्याग गरेकी छन् । प्रहरीका अनुसार उनले घरमा नोट पनि प्राप्त भएको छ । सेजल शर्मा स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी हे जी’ मा अन्तिम पटक देखिएकी थिइन् । सिरियालमा सेजलले सिम्मी खोसलाको भूमिका निभाएकी थिइन्, जो मुख्य पात्रको बहिनीको भूमिका हो ।

प्रहरी इन्स्पेक्टर सन्दीप कदमले सेजल शर्माको घरमा नोट प्राप्त भएको र त्यसमा निजी कारणले देहत्याग गर्नुपरेको लेखिएको बताए । सेजलले सिरियलअघि भीवो मोबाइल र उषा पंखा जस्ता ब्राण्डका विज्ञापनमा अभिनय गरिसकेकी छन् । भीवोका विज्ञापनमा उनी आमिर खानसँग देखिइएकी थिइन् भने उषा पंखाको विज्ञापनमा उनी किक्रेटर रोहित शर्मा र हार्दिक पाण्डेसँग देखिएकी थिइन् ।

यस अतिरिक्त सेजल शर्मा ‘आजाद परिन्दे’ नामक वेब सिरिजमा पनि काम गरिसकेकी छन् । उनले पहिलो पटक मोटोरोलाको विज्ञापनमा काम गरेर यस क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

राजस्थानको उदयपुरमा स्थायी घर भएकी सेजल शर्माको निधनमा विभिन्न टीभी कालाकारले शोक प्रकट गरेका छन् । यसअघि केही हप्ता अघि टीभी अभिनेता कुशल पन्जाबीले पनि देहत्याग गरेका थिए । एजेन्सी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex