सभामुखको सपथ खाए लगत्तै सापकोटाले दिएको यस्तो अभिब्यक्तिले प्रधानमन्त्री ओली चिन्तित

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार १४:२६


काठमाडौं, १३ माघ । अहिले राजनीतिक वृत्तमा निकै वहसको विषय बनेको छ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) । एमसीसीका विषयमा सत्तासिन दलबीचमै समान धारणा बन्न सकेको छैन । पूर्व एमाले पक्षधर नेताहरु एमसीसीको पक्षमा छन् भने पूर्व नेकपा माओवादीका नेताहरु त्यसको विपक्षमा छन् । सभामुख पदको सपथ लिए लगत्तै अग्निप्रसाद सापकोटाले दिएको अभिव्यक्तिले प्रधानमन्त्री ओली चिन्तित देखिएका छन् ।

उनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा दिएको अभियब्यक्तिले प्रधानमन्त्री ओली चिन्तित देखिएका हुन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिए । यसपछि प्रतिक्रिया दिने क्रममा उनले एमसीसीबारे हतारिनु नपर्ने टिप्पणी गरे । यसबारे बहस भइरहेकाले अहिले हतार गर्नुपर्ने अवस्था नरहेको उनको टिप्पणी थियो ।

प्रचण्डनिकट मानिने नेता तथा नवनिर्वाचित सभामुख अग्निको एमसीसीबारे सार्वजनिक अभिव्यक्तिले प्रधानमन्त्री ओली चिन्तित् बनेका हुन् । नेपालको विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि घोषणा गरेको ५० करोड अमेरिकी डलर अनुदान परिचालन गरिने सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउनु पर्नेछ । तर, यसमा महत्वपूर्ण भूमिका रहने सभामुख सापकोटाको अभिव्यक्तिले एमसीसीको भविष्य अझै अन्योलमा देखिन्छ । एमसीसी कार्यान्वयन हुन सरकार र एमसीसीबीच भएको सम्झौता संसदबाट पारित हुनुपर्ने सर्त छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex