प्रहरी कार्यालय पुगेकी आस्था राउतले भनिन्, ‘प्रहरीलाई सहयोग गर्न म आफै आएकी हुँ’ कानूनी रुपमा जे हुन्छ म बेहोर्न तयार छु’

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार १४:५३


काठमाडौ, १३ माघ। महिला प्रहरीसंग वि वादमा परेकी गायिका आस्था राउत प्रहरी कार्यालय पुगेकी छन् । उनलाई परिवारकै सदस्यले महानगरिय प्रहरी परिसर टेकुबाट जिल्ला प्रशासन कार्यालय लगेका हुन् ।

प्रहरी निय न्त्र णमा रहेकी आस्थाले पत्रकारहरु संग बोल्दै भनिन्, म आज बिहान आफै नै प्रहरी समक्ष आएकी हुँ र आत्मसमर्पण गरेकी हुँ । मैले प्रहरीलाई अनुषन्धानमा सक्दो सहयोग गरिरहेकी छु । कानूनी रुपमा जे हुन्छ म बेहोर्न तयार छु ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएपछि प्रहरीले उनलाई खोजी गरेको थियो । विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान श्रेष्ठले उजुरी दिएकी थिइन् ।

स्वास्थ्य चौकीमा शौचालय र खानेपानी अभाव

महोत्तरीको रामगोपालपुर नगरपालिका–७ सहसौलामा अवस्थित स्वास्थ्य चौकीमा लामो समयदेखि शौचालय र खानेपानीको अभाव रहेको छ । स्वास्थ्य चौकीजस्तो स्थानमा शौचालय र खानेपानी नहुँदा त्यहाँ कार्यरत कर्मचारी तथा उपचारका लागि पुग्ने गरेका बिरामीलाई विभिन्न समस्या हुने गरेका स्वास्थ्य चौकी प्रमुख अहेव लक्ष्मण महतोले बताउनुभयो ।

उहाँले वर्षांैदेखि सो स्वास्थ्य चौकीमा शौचालय र खानेपानी नरहेको तथा सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा पनि ध्यान नदिँदा शौचालय जान र पानी पिउन निक्कै समस्या हुने गरेको जानकारी दिनुभयो । तीन पुरुष र एक महिला कर्मचारी कार्यरत सो स्वास्थ्य चौकीमा पुरुष कर्मचारी शौचालयका लागि वरपर खुल्ला स्थानमै गइहाले पनि महिला कर्मचारीलाई अरूको घरको सहारा लिनुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी प्रमुख महतोले बताउनुभयो ।

स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई पनि शौचालय र खानेपानीको अभावमा विभिन्न समस्या हुने गरेको उहाँले थप्नुभयो । उहाँले स्वास्थ्य चौकीमा शौचालय र खानेपानी नहुँदा हुने गरेको समस्याबारे पटकपटक रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डल र वडाध्यक्ष शम्भु साहलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । नगर प्रमुख मण्डलले बजेट अभावका कारण अहिले तत्कालै सो स्वास्थ्य चौकीमा शौचालय र खानेपानीको व्यवस्था गर्न नसकिएको तर त्यहाँको समस्या चाँडै समाधान गर्ने बताउनुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex