सापकोटाले सभामुखको पदभार ग्रहण गरेकै दिन शिवमायाले गरिन् यस्तो घोषणा

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार २०:५६


दोलखा, १३ माघ । चार महिना लामो रिक्तता पछि प्रतिनिधि सभाले समामुख पाएको छ । । नवनिर्वाचित अग्निप्रसाद सापकोटाले सोमबार सभामुखको पद तथा गोपनीयताको सपथसहित पदभार ग्रहण गरेका छन् ।सभामुखको दाबेदारका रुपमा रहेकी डा। शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएपछि सभामुख चयनले बाटो खुलेको थियो ।

अदोलखा आएकी पूर्वउपसभामुख तुम्बाहाङ्फेले आज चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारीअनुसार पार्टीको काममा लाग्ने बताइन्।

आफू उपसभामुख रहँदा पार्टीको गतिविधिमा सहभागिता नभए तापनि लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारी लिइ काम गरेको अनुभव रहेको र पुनः पार्टीले दिएको जिम्मेवारीअनुसार आफू काम गर्न तयार रहेको उनले बताइन्। अग्निले सभामुखको पदभार ग्रहण गरेकै दिन उनै शिवामायाले अब आफू पार्टीको जिम्मेवारीमा फर्कने बताएकी हुन् । उनी तत्कालीन एमालेबाट उपसभामुख बनेकी थिइन् । एमाले र माओवादी केन्द्रबीचको एकताबाट नेकपा गठन गरिएको छ । उनको भनाइअनुसार अब नेकपाकै सक्रिय रहनेछिन् ।

सत्तारुढ नेकपाको दोलखाको पार्टी कार्यालयमा सोमबार भएको भेटघाट कार्यक्रममा उनले आफू पार्टीको जिम्मेवारीमा फर्कने र सक्रियतापूर्वक काम गर्ने बताएकी हुन् । ‘म पहिले पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा नै थिएँ र अब पनि केन्द्रीय सदस्यको रुपमा महत्वपूर्ण जिम्मेवारीमा फर्कन्छु’, उनले भनिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex