पौष्टिकताले भरीपुर्ण डिडिसि फ्रेस मिल्क कोल्ड ड्रिङ्सको विकल्प

प्रकाशित मिति : २६ माघ २०७६, आईतवार १६:१९


डा. माधव पाण्डेय  – दुध भन्ने बित्तिकै बाल-बच्चा तथा वृद्धहरुको लागी महत्वपुर्ण आहार भन्ने बुझिन्छ । सबै स्तनधारी प्राणीहरुमा आफ्ना बालबच्चाहरुलार्इ पालनपोषण र हुर्काउनको लागी स्तनग्रन्थीमा दुध बन्ने गर्दछ ।

शरिरको वृद्धिविकास र स्वास्थ्यको लागि आवश्यक पर्ने करिव सम्पुर्ण पौष्टिक तत्वहरु दुधमा पार्इने भएकोले दुधलार्इ करिव पुर्ण आहार (almost complete food) पनि भन् गरिन्छ । दुधमा मानव शरिरलार्इ आवश्यक पर्ने कार्बोहार्इड्रेट ₍ल्याक्टोज जुन दुधमा बाहेक अरु खाद्य पदार्थमा पार्इदैन₎‚ प्रोटिन‚ चिल्लो पदार्थ‚ भिटामिन तथा खनिज पदार्थहरु पार्इन्छ ।

नेपाली चलनचल्तिमा दुध बाल-बच्चा‚ वृद्ध तथा विरामीले बढिजसो पिउने गरेता पनि यो सबै उमेर समुहको लागी महत्वपुर्ण मानिन्छ । दुध नपिउनेहरुले समेत दुग्ध पदार्थ उल्लेख्यरुपमा उपयोग गर्ने गर्दछन । विकसित देशहरुमा कोल्ड ड्रिङ्सको सट्टामा विभिन्न स्वाद तथा बास्ना थप गरिएका दुध पिउने चलन बढ्दै गर्इरहेको छ । कोहिकसैले दुध पिर्इरहेको देख्दा कस्तो बच्चा जस्तो भन्ने हाम्रो समाजमा दुध जस्तो पौष्टिक आहारको महत्वबारे सुसुचित गराउन जरुरी देखिन्छ ।

बेला बखतमा बजारमा कोल्ड ड्रिङ्सको नकारात्मक असरबारे समाचारहरु आर्इरहेका हुन्छन । स्वास्थ्यमा कोल्ड ड्रिङ्सले पार्ने असरको निराकरण‚ कुपोषणको नियन्त्रण र दुध पिउने संस्कृतीको विकासको लागी दुग्ध विकास संस्थानले उत्पादन गर्ने फ्रेस मिल्क महत्वपुर्ण देखिन्छ । केशरको स्वादमा पार्इने फ्रेस मिल्कमा दुधमा पाइने सम्पुर्ण पौष्टिक तत्व पार्इने‚ वातावरणिय तापक्रममा पनि लामो समयसम्म भण्डारण गर्न सकिने‚ तथा फ्रिजमा राखेर चिसो बनार्इ उपयोग गर्न सकिने भएकोले रसायनिक पेय पदार्थको सट्टामा फ्रेस मिल्क शिक्षित वर्गको रोजाइमा पर्ने गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्