सीसीटीभीमा कामदारले नै पूर्वसचिव कार्कीकी श्रीमतीको ह त्या गरेको भेटियो

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार १८:१८


काठमाडौं : नेपाल सरकारको पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको ह त्यामा कामदारकै संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ललितपुर सानेपास्थित घरमा मुनालाई उनकै कामदार विजय चौधरीले प्लाष्टिकको पि र्काले हि र्का एर ह त्या गरेपछि चौधरीले देहत्याग गरेको प्रहरीको बताएको छ।

कार्कीका घरभित्र राखिएको सीसीटीभीलेसमेत यो दृश्य कैद गरेपछि प्रहरी उक्त निस्कर्षमा पुगेको हो। ‘बिहान नौ बजेतिर विजयले मुनालाई पि र्का ले हि र्का ई भु इँमा ल डाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने,‘ भुइँमा मुना ल डेपछि क पाल समातेर टा उको ब जा रेको देखिन्छ। विजयले नै ह त्या गरेको योभन्दा अरु प्रमाण हुन सक्दैन।’ तर विजय र मुनाबीच के कुराको ख ट प ट थियो भन्नेमा प्रहरीले केही खुलाएको छैन।

१० बजेर २३ मिनेटमा चौधरीले मुनाको टा उकोमा केही चिजले सा तपट क हि र्का एको पनि सिसिटिभी फुटेजमा देखिएको छ। त्यसपछि करिब ४५ मिनेटसम्म उनी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिएको छ। सिसिटिभी फुटेजअनुसार ११ बजेर ८ मिनेटसम्म उनी किचेनमा ओहोरदोहोर गरिरहेको देखिएको छ।

११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा आइपुग्दा चौधरी झु न्डि ए को अवस्थामा देखिए भने मुना किचेनमा ल डि रहेका थिए।

१० बजेर १० मिनेटमा मुनालाई घाँ टीमा डो रीले न्याँ केर ल डा उनुअघि पनि किचेनबाहिर चौधरी ओहोरदोहोर गरिरहेको सिसिटिभी फुटेजमा देखिएको छ।

१० बजेर १० मिनेटमा मुनालाई घाँ टीमा डो रीले न्याँ के र ल डा ए पछिको १३ मिनेटसम्म चौधरीले के गरे भन्ने चाहिँ खुल्न सकेको छैन। चौधरीको ‘अन्डरवेयर’मा र गत र वि र्य ल त्पति एको देखिएको छ। पूर्वसचिव पत्नी मुनाको मा सिकश्रा व चलिरहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ।

कार्कीले आफन्त र प्रहरीसँग बताए अनुसार उनी पशुपतिनाथ मन्दिर गएर फर्किएपछि यो घटना भएको थाहा पाएका थिए। दुई छोरी र एक छोराकी आमा मुनाको ह त्या के कारणले गरियो भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। अर्जुनले बताए अनुसार मुना अ चेत अवस्थामा ल डि रेहेकी थिइन्। उनले तत्काल प्रहरीमा खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेर मुनालाई उपचारार्थ सानेपास्थित स्टार हस्पिटल पुर्‍याइएको थियो। तर, मुनाको मृ त्यु भएको थियो।

 

अर्जुनको घरमा सुत्ने कोठा र बाथरुम बाहेक अन्य स्थानमा सीसीटीभी छ। प्रहरीले अर्जुनको भनाइ, घरमा काम गर्ने अन्य कामदार र सीसीटीभीलाई नै आधार बनाएर अनुसन्धान दायरा फराकिलो बनाएको छ।

दाङ घर भएका विजय चौधरीले कार्कीमाथि सा ङ्घा ति क आ क्र म ण गरेपछि देहत्याग गरेको हुनसक्ने प्रहरीको भनाइ छ । उनको श वमा कुनै चो ट प टक छैन भने उनको श व फेला परेको स्थानमाथि डोरी पनि झु ण्डि एको पाइएको छ ।

चौधरीले के कारणले कार्कीको ह त्या गरे र किन आफै देहत्याग गरे भन्ने चाहिँ अझै खुल्न सकेको छैन । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्