व्यवसायी चन्द्र ढकालले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी दिए एक करोड !

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार २३:३७


-चितवनमा हाँस्य कलाकार धुर्मुु सुन्तलीले बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी व्यवसायी चन्द्र ढकालले १ करोड रुपैंया सहयोगको घोषणा गरेका छन् ।निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा सोमबार ढकालले होत्सवस्थल पुगेर एक करोड सहयोगको घोषणा गरेका हुन् ।

धनधान्याचल महोत्सवमा पुगेर बोल्दै उनले आफुले मात्र सहयोगको घोषणा गरेनन् अरुलाई पनि ट रंगशाला निर्माणमा हातेमालो गर्न आग्रह समेत गरे । धन मात्र नभइ बिशाल मनका धनी ढकाल ग्लोबल आइएमई बैंकका अध्यक्ष हुन् । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्