डाक्टरले कोरोना लागेको भन्ने बताएपछि, डरले बालकृष्णले गरे देहत्याग

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार १६:२६


काठमाडौं । सारा विश्व नै अहिले कोरोना भा”इरसको डरमा छ । कोरोनाका सं”क्रमित र मृ”’तकहरुको संख्या दिन प्रतिदिन बढ्न थालेपछि संसारका सबै मानिसहरु डरको चपेटामा बाँचिरहेका छन् ।
कोरोनाको एउटा यस्तै डरको उदाहरण भारतमा देखिएको छ । कोरोना सं”क्रमित भएको आशंकामा एक भारतीय नागरिकले देहत्याग गरेका छन् ।

भारतको आन्ध्र प्रदेशको चित्तुर जिल्लास्थित थोट्टमबेडु गाउँका बालाकृष्णैयाले कोरोना लागेको भन्दै देहत्याग गरेका हुन् । आफ्नो गाउँ तथा परिवारलाई कोरोनाबाट बचाउँनका लागि भन्दै अरुलाई नसरोस् भन्ने मनशायले देहत्याग गरेका छन् । मृ तकको परिवारका अनुसार बालाकृष्णैया ५४ वर्षका थिए ।

उनी रुइया सरकारी अस्पतालमा परिक्षणका लागि गएका थिए । अस्पतालमा परिक्षणका क्रममा उनलाई युरिनिटी ट्र्याक्ट इ’न्फेक्स”न भएको र डाक्टरले उनलाई कोरोना लागेको बताएकापछि उनले देहत्याग गरेका थिए ।

उनका छोराका अनुसार परिवारले उनलाई धेरै सम्झाएपनि उनले नमानीकन परिवार र गाउँलाई नसरोस् भनेर देहत्याग गरेको बताए ।

कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या १ हजार ३०० नाघ्यो हुबेइमा मात्र एकै दिनमा २४२ जनाको निधन !

कोरोनाभाइरसबाट बढी स”ङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको निधन भएको बताइएको छ । एकै दिनमा २४२ जनाको निधन भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो ।

हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको स”’ङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने स”ङ्क्र”मणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् ।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा निधन हुनेको सङ्ख्यामा पनि बृद्धि भइरहेको बताइएको छ । पछिल्ला केही दिनमा नयाँ स”’ङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा बृद्धि भएको बताइएको छ ।

उहानमा मात्र थप १४ हजार ८४० जनामा यस भाइरसको स”’ङ्क्रमण भएको पुष्टि भएको पछिल्लो समाचारमा जनाइएाको छ ।
बुधबार भएको यस निधनसँगै मृ”तकहरूको कुल सङ्ख्या बुधबारसम्म १ हजार ३५० पुगेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्र्किएका बाहेक हाल स””ङ्क्रण भइ उपचार गराइरहेका विरामीको सङ्ख्या झन्डै ६० हजार पुगेको छ ।
यस स”’ङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।

उक्त पार्टीले त्यस स्थानमा चीनको साङ्घाइका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । केही दिनअघिमात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको जनाइएको थियो ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल चीनमा स”’ङ्क्रमित भएका विरामीहरुमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ । यस स”’ङ्क्र”मणबाट उहानमा ज्या”न गुमाएका २४२ जनामध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो ।

हालसम्म यस प्रान्तमा मात्र स”’ङ्क्रमण भएका व्यक्तिको सङ्ख्याया ४८ हजार २०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखा परेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताउनुभएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्