सर्वसाधारणलाइ नआत्तिन आग्रह गदै सान्त्वना दिदै हिंडे चिनियाँ राष्ट्रपति चिनफिङ !

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार १७:५२


बेइजिङ । चीनमा फैलेको कोरोना भाइरसको सं”क्रमण अबको दुई महिनामा पूूर्ण रुपमा समाप्त हुने चिनिया स्वास्थ्य निकायले बताएको छ ।

चीनका एक प्रमुख स्वास्थ्य सल्लाहकारले आगामी अप्रिल महिनासम्म कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा आउनेमा आफुहरु आशावादी रहेको बताउनु भएको हो ।

यसैबीच, हिजो चीनमा कोरोना भाइरसबाट सं”क्रमित नयाँ बिरामीको संख्या गत जानवरी ३१ देखिकै सबैभन्दा कम भएको जनाइएको छ ।

कोरोना भाइरस सं”’क्रमणको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तमा हिजो ९४ जनाको सं”’क्रमणका कारण निधन भएको थियो, भने करिब एक हजार नयाँ बिरामीमा सं”’क्रमण देखिएको थियो । उक्त भाइरसका कारण हालसम्म चीनमा ११ सय जनाको निधन भइसकेको छ ।

चिनियाँ राष्ट्रपति चिनफिङद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण

चीनमा प्राणघातक कोरोना भाइरसको स ङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गर्नुभएको छ ।

उहाँको बेइजिङमा स्वास्थ्य विभागले कोरोना भा इरसको स ङ्क्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको सोमबार निरीक्षण गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले बेइजिङको चाओयाङ जिल्लाको अनहुली समुदायका नागरिकका लागि कोरोना भाइरसको उपचारका लागि बनाइएका रोग निवारण तथा उपचार केन्द्रहरुको पनि निरीक्षण गरी ती स्थानमा अपनाइएका उपचार पद्दतिको बारेमा पनि जानकारी लिनुभएको बताइएको छ । साथै चीनका जनता नयाँ रोगबाट त्रसित भएपछि रास्ट्रपति आफै हस्पिटल र सार्वजनिक ठाउँमा भेटेका सर्वसाधारणलाइ न आत्तिन आग्रह गदै सान्त्वना दिदै हिड्नु भएको छ  ।

यो पनि पढ्नुहोस : कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या १ हजार ३०० नाघ्यो हुबेइमा मात्र एकै दिनमा २४२ जनाको निधन !

कोरोनाभाइरसबाट बढी स”ङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको निधन भएको बताइएको छ । एकै दिनमा २४२ जनाको निधन भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो ।

हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको स”’ङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने स”ङ्क्र”मणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् ।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा निधन हुनेको सङ्ख्यामा पनि बृद्धि भइरहेको बताइएको छ । पछिल्ला केही दिनमा नयाँ स”’ङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा बृद्धि भएको बताइएको छ ।

उहानमा मात्र थप १४ हजार ८४० जनामा यस भाइरसको स”’ङ्क्रमण भएको पुष्टि भएको पछिल्लो समाचारमा जनाइएाको छ ।
बुधबार भएको यस निधनसँगै मृ”तकहरूको कुल सङ्ख्या बुधबारसम्म १ हजार ३५० पुगेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्र्किएका बाहेक हाल स””ङ्क्रण भइ उपचार गराइरहेका विरामीको सङ्ख्या झन्डै ६० हजार पुगेको छ ।
यस स”’ङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।

उक्त पार्टीले त्यस स्थानमा चीनको साङ्घाइका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । केही दिनअघिमात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको जनाइएको थियो ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल चीनमा स”’ङ्क्रमित भएका विरामीहरुमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ । यस स”’ङ्क्र”मणबाट उहानमा ज्या”न गुमाएका २४२ जनामध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो ।

हालसम्म यस प्रान्तमा मात्र स”’ङ्क्रमण भएका व्यक्तिको सङ्ख्याया ४८ हजार २०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखा परेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताउनुभएको हो ।

यो पनि पढ्नुहोस : चीनबाट आएका आगन्तुकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध

सिड्नी, कोरोना भा”इरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ । पछिल्लो समय चीनमा कोरोना भाइरसबाट निधन हुनेको संख्या तिब्र रुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियालीलाई कोरोना भा”’इरसको जोखिमबाट जोगाउन अरु केही हप्ता चीनको मुख्य भूभागबाट आउने आगन्तुकमाथि रोक लगाइएको जानकारी दिनुभयो ।
उहाँले यो प्रतिबन्ध भाइरसको परिस्थितिमा विचार गरेर हप्तैपिच्छे निर्णय लिइने बताउनुभयो ।

यस निर्णयले अष्ट्रेलियाका पर्यटन व्यवसायीलाई ठूलो चोट पुगेको छ । चिनियाँ पर्यटकको हिस्सा घटेपछि व्यवसायमा ठूलो नोक्सानी भएको छ । साथै नयाँ शैक्षिक वर्षका लागि अष्ट्रेलिया फर्कने आशा गरिरहेका हजारौं चिनियाँ विद्यार्थी अलपत्र परेका छन् ।

नयाँ कोरोना भाइरसबाट चीनमा मृ त्यु हुने र स””ङ्क्रमित व्यक्तिको संख्या नाटकीय रुपमा बढेको छ । पछिल्लो विवरणमा चीनमा मात्र एक हजार ३५० भन्दा बढी व्यक्तिको निधन भइसकेको छ भने ५० हजारभन्दा बढीमा कोरोनाको स”’ङ्क्रमण देखिएको छ ।

प्रधानमन्त्री मोरिसनले भन्नुभयो, “हाम्रो पहिलो कर्तव्य हरेक अष्ट्रेलियालीलाई सुरक्षित राख्नु हो ।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्