सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई हा:ने गो:लि

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार १२:२६


जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गो”’ली हा”’नेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पे”टमा गो”’ली हा”नि ग”’म्भीर घाइते हुनुभएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । उहाँले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।

“रायको पे”टमा गो”’ली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, प्रहरी उपरीक्षक सिग्देलल भन्नुभयो । गो”’ली हा””न्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

बालुवाको ढिस्कोले पु”रिएर कुवतेमा छ नेपालीको निधन, दुई घाइते

बालुवाको ढिस्कोले पु”’रिएर कुवेतमा छ नेपालीको निधन भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । निधन हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । दुई मृ”’तकको पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।

दुर्घटनामा परी धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।

उनीहरु कुवेतस्थित ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । घटनास्थल दूतावासबाट करीब डेढ घन्टाको दूरीमा रहेको छ । घटनालगत्तै दूतावासका कर्मचारीले घाइते कामदारको उपचारमा सहजीकरण गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्