सानेपा का’ण्डको नयाँ खुलासा, ह’त्याको कारण खुल्यो, छोरीहरु नेपाल आए

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार ११:२५


काठमाडौँ — पूर्वसचिव अर्जुन कार्कीका घरेलु कामदारले उनकी पत्नी मुना कार्कीको ‘ह”’त्या गरी देहत्याग’ गरेका छन् । ललितपुर उपमहानगरपालिका–२, सानेपास्थित घरमा सोमबार बिहान कामदार विजय चौधरीले कार्कीको घाँ”’टीमा डो”’रीले क””सेर र टा””उकामा पि””र्काले हा””नेर ह””त्या गरी देहत्याग गरेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार घटनास्थल पुग्दा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा र”’गता””म्य अवस्था अचेत फेला परेकी थिइन् । कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँ””टीमा ह”’रियो नाइलनको डो””री कसिएर मृ””’त अवस्थामा फेला परेका थिए ।

घटनाबारे सूचना पाएलगत्तै सानेपा वृत्तबाट प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली त्यहाँ पुगेको थियो । घटना हुँदा पूर्वसचिव कार्की पशुपतिमा रुद्री पूजा लगाउन गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । ‘कार्कीजी फर्किएपछि बीभत्स दृश्य देखेर चि””’च्याउँदै बाहिर निस्कनुभएछ । त्यसपछि उहाँले वा छिमेकीमध्ये कसैले प्रहरीलाई खबर गर्नुभएछ,’ उनले भने ।

प्रहरीले सानेपाकै स्टार अस्पतालबाट एम्बुलेन्स बोलाएर कार्कीलाई उपचारका लागि पठाएको थियो । ‘घटनाबारे ह’ल्लाख”’ल्ला भएपछि जम्मा भएका छिमेकीमध्ये एकजना महिला चिकित्साकर्मी हुनुहुँदो रहेछ, उहाँले पल्स भएको आशंका गरेपछि प्रहरीले अस्पताल पठाएको थियो,’ एसएसपी राईले भने, ‘तर अस्पतालले त्यहाँ पुर्‍याउनुअघि नै निधन भइसकेको बताएको छ ।’

प्रहरी पुग्दा कामदार चौधरी डाइनिङ कोठाको भु””इँमा मृत अवस्थामा लडिरहेका थिए । ‘उसको घाँ””टीमा नाइलनको ह”’रियो डो”’री बे”’स्सरी कसिएको थियो, उक्त डोरी माथि लबीको रेलिङमा बाँ”’धिएको डो””रीबाट छि”’नेको जस्तो देखिन्छ,’ उनले भने, ‘हामी अनुसन्धान गर्दैछौं ।

महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार चौधरी २०६६ सालदेखि कार्कीको घरमा बस्दै आएका थिए । उनैले मुनाको ह””त्यापछि देहत्याग गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ‘भान्साकोठामा रहेकी मुनालाई पछाडिबाट गएका चौधरीले घाँ””टीमा डोरी अ”’ल्झाएर ल”’डा”’एपछि प्लास्टिकको पि””र्काले टा””उकोमा हा””नेको देखिन्छ,’ उनले भने, ‘घटना घटाएपछि वि”’क्षिप्त बनेका उनी आफैंले पनि डोरीको पा””सो लगाएर देहत्याग गरेको हुन सक्छ ।’

पूर्वसचिव कार्कीकी छिमेकी राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वली कार्की चि”’च्याएको सुनेपछि दाइसँग त्यहाँ गएकी थिइन् । कार्कीको घर वलीको ठीक पछाडि छ । ‘हामी पुग्दा ज्वाइँसाहब चि”’च्याइरहनुभएको थियो, दाइले घर पुग्नुअघि नै प्रहरीलाई खबर गरिसक्नुभएको थियो । हामी भित्र गएर हेर्दा काम गर्ने केटो डाइनिङमा लडिरहेको थियो । भान्सामा र””’गतको आहालमा मुना ल’डि”’रहेकी थिइन्,’ उनले भनिन्, ‘प्रहरी आएर हेरेपछि छिमेकी नर्स बहिनीले पल्स चेक गरिन् । घाँटीमा पल्स रहेको जस्तो लागेको बताएपछि हामीले उनलाई तन्नामा बेरेर बाहिर निकाल्यौं र एम्बुलेन्समा हालेर अस्पताल पठायौं ।’ वलीका अनुसार पूर्वसचिव कार्की उनको टाढाको नातामा ज्वाइँ पर्छन् ।

स्टार अस्पतालका एमडी डा. शैल रूपाखेतीका अनुसार एम्बुलेन्स पठाइदिन फोन आएपछि चिकित्सकहरू पनि उपचारका लागि तयारी अवस्थामा बसेका थिए । ‘कार्कीलाई इमर्जेन्सीमा ल्याएलगत्तै डा. मन्जिता बज्राचार्यले उहाँको पल्सलगायत जाँच गर्नुभयो, सबै नील थियो,’ उनले भने, ‘त्यसपछि उहाँहरूले रिभाइभ गर्न सकिन्छ कि भनेर सीपीआर (कार्डियाक पल्मनरी रिसेस्टेसन– बन्द भइसकेको मुटुलाई पुनः चलाउने प्रयास) गर्नुभयो । त्यो उहाँहरूले लगभग ४५ मिनेटसम्म कोसिस गर्नुभयो । त्यसपछि पनि रिभाइभ भएन ।’

प्रहरीले अचेत अवस्थामा अस्पताल पठाएको भने पनि अस्पताल ल्याउँदा उनको निधन भइसकेको डा. रूपाखेतीले बताए । अस्पताल प्रशासनले सोही आधारमा ‘ब्र’ट डे”ड’ (अस्पताल ल्याउँदा निधनभइसकेको) भनेर ‘डे”थ स’र्टि’फि’केट’ (निधनको प्रमाणपत्र) जारी गरेको छ । ‘पछि अस्पतालका न्युरो सर्जनले पनि आएर टाउकामा लागेको चो”’ट हेर्नुभयो, उहाँको भनाइअनुसार कुनै धा’र नभएको वस्तुले टाउकामा धेरैचोटि प्र”’हार गरेको जस्तो देखिन्छ,’ उनले भने, ‘कार्कीको घाँ”’टीमा र हा”’तमा डोरीले बाँधेको नी’लडा”’म र दायाँ आँखामुनि का”’टेको दाग छ ।’

भान्सामा पिर्काजस्तो प्लास्टिकको हरियो सानो टुल टु’क्रा’टु’क्रा भएको अवस्थामा फेला परेको घटनास्थलमा सुरुदेखि खटिएकी ललितपुर परिसरकी एसपी तथा प्रवक्ता दुर्गा सिंहले बताइन् ।

‘त्यहाँ एक बन्डल नाइलनको डोरी पनि फेला परेको थियो, टेबुलमाथि दुईवटा मोबाइल र कैंची थियो,’ उनले भनिन्, ‘ग्यास स्टोभमाथि आलु बसालिएको थियो । साग पनि का”’टेर पकाउन ठिक्क पारिएको थियो । स्टोभमा राखेको कुकरमा पनि र’ग”’तका छिटाहरू देखिएका छन् ।’

सानेपा खरीबोटस्थित प्रहरी बिटको आडैबाट पश्चिमतर्फ छिर्ने गल्लीबाट लगभग २०० मिटरभित्र छिरेपछि पूर्वसचिव कार्कीको घर पुगिन्छ । प्रहरीका अनुसार बिहान कक्षा ५ मा अध्ययनरत १२ वर्षीय छोरालाई स्कुल पुर्‍याएर ड्राइभर फर्किएलगत्तै उनी त्यही गाडी लिएर पशुपतिनाथ मन्दिरमा रुद्री लगाउन गएका थिए । घर फर्किंदा बन्द गेट कसैले नखोलेपछि कार्की आफैंले गेट खोलेर गाडी पार्किङमा राखी भित्र प्रवेश गरेका थिए । घरभित्रको कोठामा बी”’भत्स घटना देखेपछि उनी गलामा लगाएको रुद्राक्ष र सयपत्रीको माला तथा प्रसादको झोला भान्सामै फ्याँ”केर चि”’च्याउँदै बाहिर निस्किएका थिए ।

प्रहरीले घटनापछि वि”’क्षिप्त अवस्थामा रहेका कार्कीसँग सामान्य कुराकानी मात्रै भएको र बाँकी सोधपुछ छिट्टै गरिने बताएको छ । पत्नी मुनाको म’हिना”’वारी भएका कारण अर्जुन एक्लै पशुपति मन्दिर गएको प्रारम्भिक सोधपुछमा खुलेको प्रहरीले जानकारी दिएको छ ।

परिसर प्रमुख एसएसपी राईका अनुसार घटनास्थलको मुचुल्का र ‘क्रा””इम सिन’ विश्लेषण गर्न पाटन अस्पतालबाट चिकित्सकहरूलाई बोलाइएको थियो । फरेन्सिक जाँचका लागि आएका चिकित्सकले मुनाको भ”जाइ”’नल स्वाब र चौधरीको वी””र्यको नमुना संकलन गरेका थिए । घटनास्थलमै प्रारम्भिक जाँचका क्रममा श्रीमती कार्कीले ‘सेनेटरी प्याड’ लगाएको देखिएको छ ।

विदेशमा रहेका दुवै छोरीलाई घटनाबारे जानकारी दिएर घर बोलाइसकिएको परिवारका सदस्यले बताएका छन् । घटनाका बेला स्कुलमा रहेका उनका छोरालाई भने केही जानकारी दिइएको छैन । उनलाई स्कुल समयपछि नजिककै आफन्तको घरमा लगेर राखिएको छ ।

कार्कीको घरमा ७/८ महिनाअघि चोरी पनि भएको थियो । त्यसपछि उनको घर–कम्पाउन्डमा चारवटा सीसीटीभीसमेत जडान गरिएको थियो । यस्तै उनको घरमा जर्मन सेफर्ड जातको ठूलो कुकुर पनि पालिएको छ । ‘चोरी हुँदा पनि यहाँ कुकुर थियो तर भुक्दै भुकेन,’ छिमेकी वलीले भनिन्, ‘अहिले सोच्दा त्यो बेला पनि केही गडबड भएको थियो कि जस्तो लाग्छ । त्यो प्रहरी अनुसन्धानपछि प्रस्ट होला ।’

एसएसपी राईले कार्कीको घरमा चोरी भएका बेला ललितपुरमा कार्यरत प्रायः सबै प्रहरीहरूको सरुवा भएकाले उक्त फाइल झिकाएर अनुसन्धान गरिने बताए । ‘चोरीको घटनाबारे हामीले पनि भर्खरै थाहा पाएका छौं,’ उनले भने, ‘त्यसको पनि अनुसन्धान गर्छौं । मलाई लाग्छ बढीमा ५ दिनभित्र सबै कुरा छर्लंग हुन्छ ।’ कान्तिपुरमा यो खबर छ ।’

घटना घटेको ४ दिन नहुँदै बल्ल खुल्यो मुनालाई विजय चौधरी ह त्या गर्नुको कारण !

पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको ह””त्या गरेर देहत्याग गरेको भनिएका विजय चौधरी दाङ लमहीका हुन् । विजयको गाउ“मा स”’न्नाटा छ, छोराको श”’व बुझ्न ५० वर्षीय बाबु मंगलबार बिहानै काठमाडौं हिँडेका छन् भने ४५ वर्षीया बिरामी आमालाई घटनाबारे जानकारी नै छैन ।

नयाँ पत्रिका दैनिकमा टेकराज थामा र भूपेन्द्र ओलीले यो समाचार लेखेका छन् । पूर्वसचिव कार्की दाङको लमहीस्थित प्रगन्ना सिँचाइ आयोजनाको कार्यालय प्रमुख भएकाले विजय काठमाडौं आउने संयोग जुरेको हो । कार्कीले पहिले लममहीका आसिवन चौधरीलाई घरेलु कामदार बनाएर काठमाडौं ल्याएका थिए । ६ वर्षअघि कार्की नेपाल विद्युत् प्राधिकरणको प्रमुख बनेको वेला आसिवनलाई प्राधिकरणको लमहीस्थित शाखामा जागिर लगाइदिए  । आसिवनले पनि गुन तिर्न विजय चौधरीलाई कार्कीको घरमा घरेलु कामदार बनाइदिएका हुन् ।

‘मैले पनि पहिले कार्की सरको घरमा काम गरेको थिएँ । मैले जागिर गर्ने भएपछि कार्कीसरको घरमा मान्छे चाहियो । मैले नै विजयको घरपरिवारसँग सल्लाह गरेर काममा लगाइदिएको हो ।’ आफन्तहरूका अनुुसार ६ कक्षासम्म पढेर छाडेका विजय कामदारको रूपमा कार्कीनिवासमा प्रवेश गर्दा विजय १६ वर्षका थिए ।

विजयलाई कार्कीको घरमा सरसफाइलगायत काम लगाइएको थियो । तर, कति पैसा पाउने भन्ने निर्धारण गरिएको थिएन । ‘छोराको पढाइ थिएन, कार्की सरले राम्रो जागिर लगाइदिने भनेपछि कार्कीको केही समय घरमा काम गर्न पठाएको हुँ’ विजयका बाबु जानकी चौधरीले भने, ‘छोराले घरमा काम गरे वापत केही पैसा पाइएला भन्ने आशा त थियो, तर ६ वर्षसम्म छोराले एक पैसा पनि पठाएन । तलबबारे कुनै सल्लाह नै नभएकोले हामीले माग्न पनि सकेनौं ।’ जागिर अथवा पैसा केही नपाएपनि छोराले आफुहरूसँग कुनै गुनासो नगरेको पनि उनले बताए ।

काम मिलाइदिएका आसिवनले पनि विजयको पारीश्रमिक निर्धारण नगरिएको बताए । ‘ तलब पक्का गरिएको थिएन । तर, ६ वर्षसम्म कार्की परिवारसँग विजय र उनको परिवारको कुनै म’नमु”टाव भएको पनि सुनिएन,’ आसिवनले भने, ‘किन यस्तो घटना भयो अचम्म परेको छु ।’

चौधरी परिवारका अनुसार विजय अघिल्लो वर्ष तिहारयता घर आएका थिएनन् । तर, बाबुआमासँग फोनमा कुराकानी भइरहन्थ्यो । साता दिनअघि मात्रै उनले बुबा जानकीलाई फोन गरेर कार्की परिवारका लागि तोरीको तेल र मसुरोको दाल पठाइदिन भनेका थिए । ‘उसले काम गर्ने घरको लागि तोरीको पाँच लिटर तेल र पाँच किलो मसुरोको दाल पठाइदिन भनेको थियो,’ जानकीले भने, ‘छोरासँगको अन्तिम कुराकानी नै त्यही थियो ।’ कार्की सरले ड्राइभिङ लाइसेन्स निकालिदिन लागेको खबर पनि त्यतिवेला छोराले सुनाएको जानकीले बताए ।

विजयले ह””’त्या गरेर देहत्याग गरेको पत्याउन अप्ठ्यारो परिरहेको आफन्त र छिमेकीहरू बताउँछन् । बोल्नसमेत लजाउने विजयले यत्रो अ”’पराध गरेको भनेर पत्याउन नसकेको ठूलीआमा अनारकली चौधरीले बताइन् । ‘कहिल्यै झ””गडा गरेको थाहा पाइएन । ऊ त धेरै बोल्दा पनि बोल्दैनथ्यो,’ अनारकलीले भनिन् ‘यत्रो घटना गरायो भनेर कसरी पत्याउनू ? तर प्रमाण जे बोल्छ, हामीले मान्नै पर्‍यो’

लमही–२ का वडासचिवसमेत रहेका स्थानीय रामभजन चौधरीले पनि गाउँमा छँदा विजय शान्त स्वभावको भएको बताए । ‘म पनि छिमेकी नै हुँ। उसले कहिल्यै झ””गडा गरेको थाहा पाइएन । तर, त्यति ठूलो घटना गरायो भन्ने सुन्दा पत्याउन गाह्रो भइरहेको छ,’ उनले भने । विजयका २० र १८ वर्षका दुई भाइ छन् ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्