त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अब पर्यटकलाई रोबोटले स्वागत गर्ने

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १४:४७


काठमाडौं , ८ फागुन । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक पर्यटकलाई राबोटले स्वागत गर्ने भएको छ । बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा आयोजित एक कार्यक्रममा ‘पर्यटन परी’ नाम दिइएका दुई वटा रोबोटको सेवाको उद्घाटन गरेका छन् । उक्त कार्यक्रम पनि रोबोटले नै सञ्चालन गरेको थियो ।

यी रोबोटले यात्रुलाई अभिवादन गर्नेछन् । साथै यहाँ सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउनेछन् । साथै नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सूचना प्रवाह गर्न सक्छन् । रोबोट सञ्चालनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक बन्दै गएको बताए । सेवा सुविधाका दृष्टिकोणबाट विमानस्थलको सेवा सहयोगी बनेको भन्दै यी रोबोट परीक्षणका रुपमा राखिएको जानकारी दिए ।

यसले यात्रुहरुलाई सेवा दिन उपयुक्त ठानेमा अन्य विमानस्थलमा पनि यसलाई स्थापित गर्न सकिने उनको भनाइ छ । विमानस्थलमा दुईरतीन घण्टा बिताउँदा हुने ‘मोनोटोनस’ हटाउन र विमानस्थलमा यात्रुलाई भूल्ने वातावरण बनाउन समेत प्रविधि सहयोगी हुने उनको भनाइ छ । रोबोट जडानपछि विमानस्थलको सेवामा समेत भिन्न पहिचान थपिने उनको विश्वास छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्