डेटिङ गएका प्रहरी दम्पतीले रेस्टुरेन्ट लुटिनबाट बचाएपछि…(भिडियाेसहित)

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार २२:२७


काठमाडौं । डेटिङमा गएका प्रहरी दम्पतीले रेस्टुरेन्ट लु’टिनबाट बचाएका छन् । रेजिङ केन्स रेस्टुरेन्टमा खाना खान गएका प्रहरी दम्पती रेस्टुरेन्टमा लु’ट्न आएका एकजना लु’टेरालाई पक्राउ गरेका हुन् ।

चेज र निकोल मककिओन खाना खान रेस्टुरेन्टमा बसिरहेका थिए । उनीहरुले काउन्टरलाई मु’कुन्डोधारीले ध’म्क्या”इरहेको र काउन्टरपछाडिको मानिसले दुवै हाल उठाएको देखे । त्यसपछि उनीहरूले आफ्नो ब’न्दूक निकाले र मु’कुण्डो’धा’रीलाई रेस्टुरेन्टबाट भगाए ।

केही परसम्म लखेटेर ब’न्दुक ता’केपछि लु”टेरा रो’कियो र त्यहाँ लुइसभिल मेट्रो प्रहरी आइपुग्यो । प्रहरीले उसलाई नियन्त्रणमा लिएको छ । चेज र निकोल मककिओन दुवैजना एलिजाबेथटाउनमा प्रहरी अधिकारी हुन् र उनीहरूको विवाह भएको ६ महिना मात्र भएको छ ।

डेटिङमा गएको भएपनि घटना हुँदै गरेको देखेपछि आफ्नो कर्तव्य याद आउने गरेको उनीहरुले बताएका छन् । भिडियाे:

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्