‘दासढुङ्गा’का निर्देशकले ‘झुम्की’बारे यस्तो भने ( भिडियो सहित )



ताजा खबर, काठमाण्डौं । आउँदो असोज ७गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘झुम्की’बाट निर्माता अपिल विष्टले पहिलो पटक निर्देशकको भूमिका काँध लिएका छन् । यसअघि ‘दासढुंगा’ र ‘ऋतु’ फिल्म निर्माण गरिसकेका अपिल ‘यो फिल्म सम्म आइपुग्दा निर्देशनको लागि उपयुक्त समय आएकोले निर्देशनमा हात हालेको बताए ।’

फिल्मबाट आशावादी रहेका अपिल ‘झुम्की’ राम्रो स्क्रिनप्ले कन्टेन्टवेश फिल्म रहेको, र फिल्मले पूर्ण मनोरंजन दिने कुरा व्यक्त गरेका छन् । फिल्ममा दयाहाङ राई,मलिना जोशी, रिश्मा गुरुङ, मनोज राठी, भोलाराज सापकोटा, बिजय बराल, शुष्मा कार्की लगाएतका कलाकारले अभिनय गरेका छन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्