ताजा खबर, काठमाण्डौं । भनिरहनुनपर्ला– प्रियंका कार्की अहिलेकी निकै व्यस्त र लोकप्रिय अभिनेत्री हुन् । भर्खरै मात्र विदेश भ्रमण सकेर नेपाल आएकी प्रियंकाको नयाँ फिल्म ‘ह्याप्पी डेज’ घोषणा भैसकेको छ । उनले अभिनय गरेको ‘६क्का पन्जा’ले अहिले हलमा राम्रो व्यापार गरिरहेको छ ।
घुम्न र सपिङ गर्नमा निक्कै सोखिन प्रियंका ‘ह्याप्पी डेज’ छायांकनका लागि छिट्टै नै बेलायत जाँदैछिन् । बेलायतमा पनि एकदम धेरै सपिङ गर्ने योजना बनाएकी छिन । ‘सपिङलाई केटिहरुको ‘वेस्ट फ्रेन्ड’ बताउने प्रियंका ड्रेसअपमा पनि निक्कै ध्यान दिन्छिन ।
प्राय सार्वजनिक कार्यक्रममा सबैलाई लोभ्याउने ड्रेसअपमा सजिने प्रियंकाले रंगखबर च्यानलसंग अभिनेता दयाहाङ राईंसँगको सम्बन्धको बारेमा पनि बोलेकी छिन् । हेर्नुस् भिडियो कुराकानी