बिहे पछि प्रियंका ‘प्रिय श्रीमान्, हरेक बिहान म तिम्रो प्रेममा डुबेकी छु (भिडियो हेर्नुस्)

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार १७:१६


नायीका प्रियंका कार्की र नायक आयुष्मान देशराज भर्खरै विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरुको तीन वर्ष अघि चिनजान भएको थियो । त्यसको केही साता पछि नै उनीहरु प्रेमी प्रमिका बनेका थिए । यो कुरा उनले प्रियंकाले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, मार्च ११ तारिखमा हाम्रो भेट भएको थियो । त्यसको केही हप्ता पछि नै हामी प्रेमी प्रमिका बनेका थियौं । महिले पनि यो बारो सोच्दा लाज मान्छु ।

अहिले मैले निकै खुसीको अनुभव गरेकी छु त्यस्तो खुसी कहिल्यै अनुभव गरेकी थिइन् । हामी तीन वर्षमा हामी ठूलो हुँदै गयौं समय संगै हामी परिवर्तन भएका छौं । तर एउटा कुरा त्यो कहिल्यै पनि परिवर्तन भएन । म हरेक विहान तिम्रो प्रेममा डुब्ने गर्छु, अझै गहिराईको साथमा । उनले आफ्नो मनको भावना इन्टामा लेखेकी हुन् ।
प्रियंका अहिले सामाजिक सञ्जालमा निकै सकृय छन् । उनले इन्ट्रामा एउटा न एउटा विवाहको तस्बिर राखिरहेकी हुन्छिन् । त्यसले पनि उनले विवाहले दिएको त्यो खुसी भुलन सकेकी छैनन् भन्ने देखाउँछ ।

त्यसैले त उनले हरेक दिन विवाहको तसिबर अपलोड गरिरहेकी हुन्छिन् । तीन वर्ष लामो प्रेमलाई विवाहमा परिणत गरेका यो जोडी अहिले घरमै आफ्नो रमाइलो पल विताउँछै छन् । उनीहरुले विवाह पछिको पहिलो होली पनि रमाइलोका साथ मनाएका छन् । सामाजिक सञ्जालमा उनीहरुले परिवारका साथमा मनाएको होलीको तस्बिर पनि सार्वजनिक भएको छ ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्