कोरोना सम्बन्धी पहिलो जनचेतनामुलक गीतको भिडियो हेर्नुहोस्

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार १९:५०


काठमाडौं । समय सान्र्दभिक शृजनाका लागी चर्चित नाम हो अम्बिका गुरुगं । लामो समयदेखि अमेरिकामा बस्दै आएता पनि नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा निकै क्रियाशिल छिन् लोकप्रिय गीतकार अम्बिका । मिलनसार स्वभाव, समाजलाई जसरी बुझ्यो उसैगरी गीतलाई टपक्क टिप्न सक्ने शैलीकी खानी अम्बिकाले समयानुकुन साहित्य शृजना गर्न रुचाउँछिन् ।

माया प्रेमका गीतमा गज्जबसँग बग्न सक्ने गीतकार अम्बिकाले पछिल्लो समय विश्वभरको जनजीवन प्रभावित बनाइरहेको कोरोनाको सचेतनाको विषयलाई लिएर बनाएको गीतको भिडियो सार्वजनिक भएसँगै राम्रो चर्चा पाइरहेको छ । अम्बिकाका शब्द शृजनामा चर्चित गीतकार तथा संगीतकार दीपक शर्माको संगीत रहेको गीतमा ध्रुब बिस्कोको स्वर रहेको कोरोना भाइरस सम्बन्धी जनचेतनामुलक गीत लौन आयो के आयोको भिडियो सार्वजनिक भएको छ ।

गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ । राज खड्काको निर्देशनमा तयार भएको भिडियोमा निर्देशक राज र सुरज अधिकारीको अभिनय रहेको गीतमा विष्णु खड्काको सम्पादन तथा बिजय लामाको छायांकन रहेको गीतले गरिब दिनदुखीले यो समस्याबाट कसरी पार पाउलान् भन्ने जनजनको प्रश्नलाई चोटीलो शैलीमा प्रहार गरेको छ । जनचेतनामुलक गीतको भिडियो हेर्नुहोस्

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्