विदेशबाट फर्किएका जो कोहि पनि स्वास्थ्य सस्थाको सम्पर्कमा आउन आग्रह

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १२:५५


यहाँका स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिको सूची सङ्कलन गर्दै नजिकको स्वास्थ्य सस्थाको सम्पर्कमा आउन आग्रह गरेको छ । साथै जिल्ला अस्पतालले पनि कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिम नियन्त्रणमा सहयोग पु¥याउन आग्रह गरेको छ ।

अस्पतालका निमित्त प्रमुख डा. शिशीर देबकोटाले विदेशबाट फर्केका सबैले अस्पतालमा सम्पर्क गरी एकपटक स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहले विदेशबाट फर्केकाको पहिचान गरी अनिवार्य रुपमा अस्पतालको सम्पर्कमा पठाउन वडा अध्यक्षलाई आग्रह गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालयले फलेबास सहित कुस्मा, मोदी , जलजला र महाशिला गाउँपालिकामा विदेशबाट आएकाको पहिचान गरिरहेको जनाएको छ ।

सबै स्थानिय तहका वडा अध्यक्षलाई परिचालन गरि विवरण सङकलन गर्ने काम भइहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो । फोन नम्बर सहितको विबरण सङ्कलन गरेर स्वास्थ्यकर्मीको निगरानीमा राख्ने प्रयास भएको उहाँले बताउनुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्